मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

प्रवासी मञ्चद्वारा एनआरएनका पदाधिकारीलाइ स्वागत

प्रवासी मञ्चद्वारा एनआरएनका पदाधिकारीलाइ स्वागत

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) ­। गत साता सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बिभिन्न पदमा निर्वाचितहरुको सम्मानमा प्रवासी मञ्च टेक्ससले आइतबार ड्यालसमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

अर्भिङ्गमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्चका नेताहरुले एनआरएनलाई अमेरिकामा रहेका सबै नेपालीको साझा संस्था बनाउने अभिप्रायले संयुक्त रुपमा उम्मेदवारी दिने प्रचलनको सुरुवात गरेको बताए । 

कार्यक्रममा मञ्चका नेता मणि भण्डारीले एनआरएनलाई सबैको सम्मानित संस्था बनाउने अाफ्नो संगठनको उद्वेश्य रहेको चर्चा गर्दै कव्जा गर्ने, अरुलाई सिध्याउने जस्ता शव्द प्रयोग नगर्न आग्रह गरे । 

कार्यक्रममा हालै सम्पन्न एनआरएनको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित विकास उप्रेती, टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्ससका पुर्ब अध्यक्ष डा. प्रेम अधिकारी, एनसिएससी बोर्ड अफ टष्टीका अध्यक्ष विनय अर्याल, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, सामाजीक अभियन्ता बासु भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, नव निर्वाचित आइसिसी सदस्य नारायण कँडेल, एनआरएन आइसिसीकी सदस्य यमुना भट्टराई, गत निर्वाचनमा अध्यक्षका उम्मेदवार तथा टेक्ससका सामाजीक अभियन्ता कृष्ण लामिछाने लगायतले चुनावी समिक्षा गर्दै आउँदो दुइ वर्ष संस्था र सदस्यहरुको हितमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 
सोही कार्यक्रममा हालै युलेस सिटी काउन्सिलको मेम्बरमा विजयी टिका पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रम प्रवासी नेपाली मञ्चका नेता जीवन जोशीको सभापत्विमा भएको थियो ।