मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अक्सिजन सिलिन्डर लिएर जुम्ला पुग्यो एनआरएनए अफ्रिका

अक्सिजन सिलिन्डर लिएर जुम्ला पुग्यो एनआरएनए अफ्रिका


काठमाडौँ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियानअन्तर्गत बुधबार पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजीव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनीपति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरे ।  
 
कोरोना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन् । यो विपदमा जुम्ला पुगेको  एनआरएनएको पहिलो राहत हो । 
 
यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेसन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल, एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेल र अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले थप सहयोग गरेका छन् । 
 
सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसिसी युगान्डा र स्थानीयव्यवस्थापन सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले  गरेको थियो । 
 
प्रथम चरणको उक्त अक्सिजनसहितको ७० लिटरका १० थान सहयोग हस्तान्तरण गर्दै बाहिनीपति यमबहादुर सापकोटाले  १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए । उनले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली, एनआरएनए र रुपारेलिया फाउन्डेसनप्रति आभार प्रकट गरे ।  
 
अस्पतालका निर्देशक डा. राजीव शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पतालसँग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए । उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिँदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आवश्यक रहेको औँल्याए ।