मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनआरएनए, न्युयोर्कका नवनिर्वाचित पदाधिकारी जीपीके फाउण्डेसनद्वारा सम्मानित

एनआरएनए, न्युयोर्कका नवनिर्वाचित पदाधिकारी जीपीके फाउण्डेसनद्वारा सम्मानित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क- गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले एनआरएनए न्युयोर्कका विजयी पदाधिकारीहरूलाई सम्मान गरेको छ । फाउण्डेसनको न्युयोर्कस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक उपाध्यक्ष मिङ्गमार शेर्पाले न्युयोर्क च्याप्टरमा विजयी हुनेहरुलाई सोमबार सम्मान गरेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै प्रमुख अतिथि शेर्पाले नयाँ टीमलाई अवसर र चुनौती दुवै भएकोले राम्रो काम गर्न सुझाव दिए । 
 
त्यसैगरि विशेष अतिथि नेदेन डोंगलाले टीम अत्यन्त समावेशी र जुझारू भएको र सदा सहयोग रहने प्रतिवद्धता जनाए । त्यसैगरि जीपीके फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्कका नवनिर्वाचित पदाधिकारी एवं एनआरएनएसंग सहकार्य गरी नेपाली समुदायको हक हितमा लाग्ने बताए । कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा र प्रवक्ता रामचन्द्र अधिकारी तथा सदस्य सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीलेपनि विजयी पदाधिकारीलाई बधाइ दिएका थिए । 
कार्यक्रममा अध्यक्ष पदमा निर्वाचित आंग छिरिंग शेर्पाले आगामी दिनमा ठोस कार्ययोजना ल्याई न्युयोर्कमा विशेष कार्यक्रम गरिने प्रतिवद्धता जनाए । अन्य नवनिर्वाचित पदाधिकारीहरुलेपनि छोटकरी मन्तव्य राखेका थिए । 
 
यहि शनिवार र आइतबार सम्पन्न एनआरएनएको निर्वाचनमा न्युयोर्क च्याप्टरको  अध्यक्षमा आंग छिरिंग शेर्पा निर्वाचित भएका थिए । त्यसैगरि उपाध्यक्षमा शोभाकान्त पाण्डे सचिवमा दन्डपाणी लामीछाने(वाशु), सहसचिवमा बाबुराजा सिंह र कोषाध्यक्षमा आशिष सापकोटा विजयी भएका थिए । त्यस्तै महिला संयोजक लक्ष्मी थापा युवा संयोजक अनुप बानिया र बोर्ड सदस्यहरुमा पवित्रा धिमाल, राजन वन्जरा, प्रदिप खड्का क्षेत्री, संगीता कोईराला, देवेन्द्र लामा र छिरिंग शेर्पा निर्वाचित भएका थिए ।