मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालमा गणतन्त्र दिवस, न्युयोर्कमा नेपाल डे

नेपालमा गणतन्त्र दिवस, न्युयोर्कमा नेपाल डे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)-  नेपालमा गणतन्त्र स्थापना भएको दिन जेठ १५ गते अर्थात मे २९ तारिखका दिन नेपालमा गणतन्त्र दिवस मनाइएको थियो भने नेपालीहरुको घना वस्ती भएको संसारकै आप्रवासी सहर न्युयोर्कमा नेपाल डे भव्यताका साथ मनाइएको छ । नेपालमा गणतन्त्र स्थापना भएको दिन मे २९ लाई अमेरिकाको न्युयोर्कको  विधानसभाले नेपाली अमेरिकन हेरिटेज डेको रुपमा मनाउने घोषणा गरेको थियो । सोही खुशीयालीमा न्युयोर्कमा विभिन्न नेपाली संघसंस्थाहरुले आफ्नो पहिचान सहित नेपाल डे मनाएका हुन् । 
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाको अगुवाइमा भएको नेपाल डे कार्यक्रममा नेपालका विभिन्न जातजातीका संस्कृति झल्कने झाँकी सहित नगर परिक्रमा गरि औपचारिक कार्यक्रम गरिएको थियो । सो बेला न्युयोर्कका विधानसभा सदस्य जेनीफर राजकुमार र न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा विधानसभा सदस्य राजकुमारले  नेपाली कला संस्कृतिको जगेर्नाको लागि अमेरिकी सरकार सकारात्मक रहेको बताइन । नेपाल डेको लागि विशेष पहल गरेकोमा राजकुमारले फिप्नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापा लगायत दिपेन्द्र लामा आरती मगर र सजिना श्रेष्ठलाई सम्मान गरेकी थिइन । कार्यक्रममा नेपाली गीत संगीत सहितको सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । 
यसैविच आयोजकको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ फिप्नाले नेपाल डे कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेको छ । नेपाल डेको संयोजकको रुपमा फिप्ना अध्यक्ष लोक चेम्जोङ र सदस्य सचिवको रुपमा महासचिव नरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा आगामी बर्षदेखि नेपाली अमेरिकन हेरिटेज डे को कार्यक्रम फिप्ना र एनआरएन न्युयोर्क च्याप्टरको संयुक्त पहलमा गरिने सहमति भएको जनाईएको छ ।