मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

थ्रीस्टार फुटबल क्लब नयाँबर्ष-एनएचयू कप सकर च्याम्पियन

थ्रीस्टार फुटबल क्लब नयाँबर्ष-एनएचयू कप सकर च्याम्पियन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)– नेप्लिज हेरिटेज यूनियन (एनएचयू)ले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आयोजना गरेको फुटबल (सकर) टुर्नमेण्ट अन्तर्गत हिजो भएको फाइनल खेलमा थ्रिस्टार फुटबल क्लब बिजयी भएको छ। फाइनलमा थ्रिस्टार क्लबले चन्द्र-सूर्य फुटबल क्लबलाई ५-० गोलले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन घोषित भएको हो। चन्द्रसूर्य क्लब दोश्रो भएको प्रतियोयतामा साउथ इगल फुटबल क्लब तेश्रो भएको थियो।
 
स्थानीय छ वटा फुटबल क्लबहरुबीचको प्रतियोगितामा दुई चरणमा गरेर जम्मा १२ खेलहरु भएका थिए।
ह्युस्टनस्थित कुलेन पार्कमा रहेको सकर ग्राउण्डमा खेलाइएको फुटबल प्रतियेगितामा बिजेता थ्रिस्टार टिमलाई नगद सातसय डलर सहित ट्रफी प्रदान गरिएको थियो भने उपविजेता टिम चन्द्रसूर्य क्लब र तेश्रो हुने साउथ इगल क्लबले क्रमश: पाँच सय र तीनसय डलर नगद परस्कार सहित ट्रफी प्राप्त गरेका थिए।
 
प्रतियोगितामा थ्रिस्टारका खेलाडी आरोन भट्टचन उत्कृष्ट खेलाडी घोषित भए भने साउथ इगलका नबल थापा सबैभन्दा धेरै गोलकर्ता खेलाडी भएका थिए। यसैगरी चन्द्र सुर्यका सुचन निरौला उत्कृष्ट गोलकिपर र थ्रिस्टारका आशिस राई उत्कृष्ट डिफेण्डर घोषित भएका थिए। सबै उत्कृष्ट खेलाडीहरुलाई एकसय डलर नगद र ट्रफी प्रदान गरिएको थियो। बिजेता टिम र खेलाडीहरुलाई एनएचयूका अध्यक्ष बाबुराम बस्यालले पुरस्कार र ट्रफी वितरण गरेका थिए।
श्रेष्ठ म्यानेजमेण्ट एलएलसी, एसएसपी इन्भेष्टमेण्ट, डिएफडब्लु वन्डरफूल इलेक्ट्रोनिक्स र गगन केसी धामी लगायतका प्रायोजकहरु रहेका ‘नयाँबर्ष- एनएचयू सकर कप’लाई दर्जनौं व्यक्ति तथा व्यापारिक फर्म/प्रतिष्ठानहरुले सहयोग गरेको एनएचयूका महासचिव कर्ण बोगटीले हिमालय खबरलाई जानकारी गराएका छन्।
तस्बिर: ग्रिस फोटोग्राफी/ कर्ण बोगटी/ एमएचयू