मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए एनसीसी अमेरिकाको नयां नेतृत्वका लागि मतदान प्रकृया शुरु

एनआरएनए एनसीसी अमेरिकाको नयां नेतृत्वका लागि मतदान प्रकृया शुरु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- एनआरएनए एनसीसी अमेरिकाको नयां नेतृत्वका लागि मतदान प्रकृया शुरु भएको छ । अनलाइन मार्फत मतदात हुदैं छ ।  शनिवार र आइतवारसम्म भोट हाल्न सकिन्छ । कयौंले भोट हालिसकेका छन् । 
 
निर्वाचन समितिले पठाएको लिंकमा गएर मत दिन सकिन्छ । यसका लागि आफ्नो फोन नम्बर र एनआरएनए अमेरिकाको सदश्यता नम्बर चाहिन्छ । सदश्यता नम्बरका लागि एनआरएनए यूएसए डट कम भित्र गएर हेर्न सकिन्छ । साधारण सदश्य हो भने यूएसजीएम ड्यास र नम्बर आउंछ । 
 
फोन र यो नम्बर हालेपछि कोड प्राप्त हुन्छ । सही कोड हालेपछि मतपत्र प्राप्त हुन्छ । अध्यक्ष, सदश्यहरु लगायत च्याप्टर भएका स्थानमा च्याप्टर कार्यसमितिको पनि एकैपटक त्यही भोट हाल्न सकिन्छ । 
 
कुन पदमा कतिजनालाई भोट हाल्न पाइन्छ त्यही उल्लेख हुन्छ । अध्यक्षमा एक जनालाई मात्र छान्नुपर्ने हुन्छ भने बोर्ड सदश्यमा १२ जनालाई छान्न पाइन्छ । अरु केही पदमा पनि एक भन्दा वढी भोट हाल्न पाइन्छ । 
 
एनआरएनए अमेरिकाको कार्यसमिति, आईसीसी सदश्य र च्याप्टर कार्यसमिति लागि निर्वाचन भईरहेको छ । करिव ४०० भन्दा वढी उम्मेदवार छन् । एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् ।
 
यो चुनाव स्वच्छ वनाउन आईसीसीका उपाध्यक्ष सोनाम लामा प्रतिनिधि कमल सत्यालले पनि अनुगमन गरिरहेका छन् । इमेल नआएमा, कोड नम्बर प्राप्त नभएमा [email protected] मा सम्पर्क राख्नुहोला ।

मतदान संबन्धि सुचना लिंकः
Instructions in PDF. https://bit.ly/3c3dAOT
Video Instructions: https://bit.ly/3vwx7zb
Voting Website link : https://bit.ly/3i1YwVO
Voting Starts on 05/29/21 at 8:00 AM EST
Voting Ends on 05/30/21 at 11:59 PM EST
Only members on the voter list can vote. https://bit.ly/2TvaRrn

यो पनि पढ्भोनु होला >> भोट हाल्ने लिंक सहित