मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको निर्वाचन सुरु

एनआरएनको निर्वाचन सुरु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । 
 
अनलाइन मार्फत सुरु भएको निर्वाचनमा अहिलेसम्म ठूलो समस्या नदेखिएको प्रमुख निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिए । ‘अहिलेसम्म दुईवटा सामान्य समस्या देखापरेका छन्, त्यसलाई एक घण्टाभित्रै समाधान गरेर पुनः इमेल पठाउने तयारी भैरहेको बरालले भने । 
 
केन्टकी च्याप्टरको अध्यक्ष र कोलोराडो च्याप्टरको युथ कोअर्डिनेटरको मतपत्रमा समस्या देखिएको छ । त्यसलाई सच्चाएर मतपत्र पठाउने तयारी निर्वाचन समितिले गरिरहेको छ । 
अनलाइन मार्फत भैरहेको यो चुनावमा सदस्यहरुलाई भोटिंग लिंक इमेलमा प्राप्त हुनेछ । कसैले इमेल नपाएको अवस्थामा निम्न लिंकमा गएर पनि मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ । लिंकको यहाँ क्लिक्क गर्नु होला I 
https://www.civiciti.com/ww/nrna?fbclid=IwAR0D_zTV2wM5UuNHrfxKx8FO-2YikK7JBtZkaZHNMJaKOdaGaKpGl8X1ltA

एनआरएनए अमेरिकाका सम्पूर्ण  सदस्यहरुको नामावली , राज्य र त्यसपछि अल्फाबेटिक अर्डरमा हेर्न तलको लिंक क्लिक गर्नुहोस ।