मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव प्रकृया पुरा, आईसीसी उपाध्यक्ष सोनाम लामा पनि चुनाव परिवेक्षणमा

एनआरएनए अमेरिका चुनाव प्रकृया पुरा, आईसीसी उपाध्यक्ष सोनाम लामा पनि चुनाव परिवेक्षणमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको नयां नेतृत्वका लागि शनिवार र आइतवार हुन लागेको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । 
 
हामी पुरा तयारीमा छौं निर्वाचन समिति संयोजक विश्व बरालले भने भोलि विहान ८ बजे देखि चुनाव शुरु हुन्छ । 
 
यो चुनावले एनआरएनए अमेरिकाको अगामी दुई बर्षका लागि नेतृत्व चयन गर्ने छ । आईसीसी सदश्य र च्याप्टरमा समेत चुनाव हुदैंछ । चुनावमा ४ सय भन्दा वढी उम्मेदवार छन् । एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् । चुनाव प्रकृयालाई पारदर्शी वनाउन संयोजक बरालले आईसीसी पदाधिकारीलाई समेत प्रकृयाका वारेमा जानकारी गराएका छन् । 
 
आईसीसी अध्यक्ष कुमार पन्त आईसीसीका केही पदाधिकारीले सवै चुनावी प्रकृयाको वारेमा जानकारी लिएका थिए । आईसीसी उपाध्यक्ष सोनाम लामाले पनि यो चुनावलाई नजिक वाट परिवेक्षण गरिरहेका छन् । आईसीसीले पनि सोनामलाई साथमा लिएर जान सुझाव दिएको थियो । 
 
निर्वाचन समितिले अस्थायी कार्यालय वनाएको न्यूयोर्कमै रहेका उपाध्यक्ष सोनाम लामालाई निर्वाचनको प्रकृयाको वारेमा सवै जानकारी गराईएको छ । उपाध्यक्ष लामाले निर्वाचन समितिलाई केही जिज्ञासा समेत राखेका थिए । उपाध्यक्ष लामाले चुनाव प्रकृयाका वारेमा सम्पुर्ण जानकारी लिई नजिक वाट हेरिरहेको वताईएको छ । यसवाहेक आईसीसीले तोकेका निर्वाचन परिवेक्षक कमल सत्याल पनि न्यूयोर्कनै पुगेका छन् । 
 
निर्वाचन संयोजक बरालले चुनावी प्रकृया पुर्ण पारदर्शी र स्वच्छ हुने दावी गरे । म मेरा जिम्मेवारी प्रति पुर्ण प्रतिवद्ध छु बरालले भने चुनाव स्वच्छ र पारदर्शी हुनुपर्छ यसमा म नै कठिवद्ध छु । सकेसम्म एउटा डिभाईसवाट एउटामात्र भोट हालिदिन पनि बरालले अनुरोध गरेका छन् । एउटै डिभाईवाट धेरै भोट नहाल्न उनको अनुरोध छ । 
 
विगतमा चुनाव हार्नेले अनावश्यक विवाद निकाल्ने गरेका थिए । अदालतमा समेत गएका थिए । तर, हारे ।