मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

शुभकामना लेखौ कि श्रध्दाञ्जली

शुभकामना लेखौ कि श्रध्दाञ्जली

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रजातान्त्रिक प्रणालीको एउटा सुन्दर पक्ष भनेको नै निर्बाचन हो । निर्बाचन मार्फत चुनिएको नेतृत्वले मात्र सम्पुर्ण नागरिकको मन जित्दै जनताको हितमा काम गर्न सक्दछ भन्ने बिश्वास गरिन्छ । 
 
तर हालको निर्बाचन प्रणाली निकै नै खर्चिलो र कुनै एजेन्डा भन्दा पनि यो वा त्यो गुटको आधारमा अगाडि बढेको देखिन्छ । प्रसङ्ग हो-एन आर एन ए अमेरिकाको।  हाल अमेरिकाको गैरआवासीय नेपालीको निर्बाचन नजिकिदै गएको छ।  चुनाबी प्रचार हरु निकै नै तडकभडक साथ अगाडी बढिरहेका छन्। अमेरिका एउटा प्रजातान्त्रिक मूल्य र मान्यता बोकेर अगाडि बढेको देश।  कानुनी शाशन भएको देश, एउटा बिकशित मुलुक।  जो सुकैको ईच्छा र आकाङ्क्षा हुने गर्दछ अमेरिका बस्ने ।  यसै शिलशिलामा हामी नेपालीहरु पनि यहाँ आएर यहि को कानुन मान्दै बिभिन्न पेशा व्यवसाय, उच्च शिक्षा  आर्जन गर्ने गर्दै बसिरहेका छौ।   जो जहाँसुकै बसेता पनि आफ्नो जन्मभूमि निकै नै प्यारो लाग्दछ।  जन्मभूमि कसैले चाहेर पनि भुल्न सक्दैन।  
 
एन आर एन को त्यति धेरै लामो इतिहास त छैन र पनि हामि प्रवासी नेपालीको लागि यति पनि काफि छ । अझ कुरा अमेरिकाको गर्ने हो भने त एन आर एन अमेरिकामा  आधिकारिक रुपमा आएको  एक दशक मात्र भएको छ। नेपाल सरकारले मान्यता दिएको, संबिधानमा नै उल्लेख गरेको र सम्बन्धित देशको कानुन अनुसार दर्ता भएर चल्ने सस्था हो एन आर एन।   यसले प्रबाशी नेपालीले नेपाल सरकार संग के कति अधिकार ल्याउनु पर्ने हो त्यो अनुसार सरकार संग नितिगत तहमा लबिङ्ग गर्ने हो।  बिदेशी लगानी आफ्नो जन्मभूमिमा भित्र्याउन  पहल गर्ने हो नकि बिदेशी भूमिमा नेपालको राजनीति भित्र्याउने।  जे हुनु पर्ने हो त्यो धेरै नै कम र जे नहुनु पर्ने हो त्यो धेरै नै हुदा यो सस्थाको उद्देश्य मा गम्भीर धक्का  लाग्न सक्दछ।  नेपाल सरकारले हेर्ने दृस्टिकोणमा फरक पर्न सक्दछ । हामी सच्चा एन आर एन को हक अधिकार खोसिन सक्दछन। आफुलाई एन आर एन अभियन्ता भन्ने व्यक्तिहरु यो बिषयमा सच्चिनु जरुरी छ।  सस्थालाई सहि बाटोमा हिडाउन जरुरी छ।  यदि नेपाल कै राजनीति एन आर एन मा भित्र्याउने हो भने दोस्रो पुस्ताले एन आर एन चिन्ने छैन।  नेपालसंगको हाम्रो दोस्रो पुस्ता जोडिने छैन।    
 
बिगत केहि समय देखि मेरो कर्म भुमि यसै निर्बाचनमा होमिएको छ।  यसमा नेपालको राजनीति मिसिएको जस्तो अनुभूति यस पङ्तिकारलाइ लागेको छ ।  यो हुनु गलत हो।  अमेरिकामा करिब चार लाख नेपालि छौ भन्ने गरिन्छ । तर एन आर एन सदस्य करिब एक्काइस हजार मात्र देखिन्छ।  यसबाट के बुझ्ने त् ? एन आर एन अभियन्ता लाई असफल भन्ने वा नभन्ने ? हैन भने यति ठुलो संख्या रहेको अमेरिकामा किन सदस्य मात्र एक्काइस हजार मात्र  ? अमेरिकामा बस्ने नागरिक सबै पढेलेखेकै हुनुहुन्छ।  किन यो बुझाउन सकिएन वा बुझाउन सकिएन ? प्रस्न गंभीर छ ।  
 
यति बेला सामाजिक संजाल उम्मेदवार को फ्लाएर  र चुनाबि नाराले ढाकिएका छन्।  अमेरिकामा संचालनमा रहेका अनलाइन नेपालका मिडियाका समाचार हेडिङ्ग यहीको निर्बाचनका विषयमा   केन्द्रित छन्। सम्पुर्ण उम्मेदवार लाई बधाई र शुभकामनाका शब्द  गुच्छाहरु ओइरिरहेका छन्।  बिजयी जुलुस जसरी खादा माला लगाएर हिडेका तस्बिर पनि यदाकदा देखिने गरेका छन। यो सम्पुर्ण कर्मभूमिमा हुदै गरेको कुरा हो। 
 
 यति सबै देख्दै गर्दा जन्मभूमि कोभिड महामारीको चपेटामा छ।  अक्सिजनको अभावमा दैनिक सयौको संख्यामा  हाम्रा दाजुभाई दिदि बहिनीले अकालमा ज्यान गुमाउनु परेको छ। भौतिक रुपमा यो शरीर कर्मभूमिमा भएता पनि सम्पुर्ण मन , ध्यान जन्मभूमिमा छ।  कुनै अप्रीय समाचार सुन्न नपरोस भन्दै पशुपतिनाथ संग प्राथना गरेर बसेको हुन्छ।  यस्तो समयमा  जन्मभूमिका दाजुभाइ दिदि बहिनि जसले अकालमा यो महामारीमा ज्यान गुमाए उनीहरुको लागि श्रध्दाञ्जलि का शब्द लेखु कि कर्मभुमिका एन आर एन उम्मेदवार लाई शुभकामनाका शब्द लेखु?