मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्पताल भरियो, आइसोलेसन रित्तै

अस्पताल भरियो, आइसोलेसन रित्तै


त्रिशूली । नुवाकोटसहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ । सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुविधासम्पन्न आइसोलेसन केन्द्र बनाए पनि त्यहाँका शय्याहरु खाली छन् ।
 
बिरामीको रोजाई बनेको अस्पतालमा भने श्यया भरिएर दोश्रो पटक थप गरिएको छ । जिल्लाका मात्र नभई रसुवा र धादिङ स्थित जिल्ला अस्पतालमा उपचाररत सङ्क्रमित बिरामी पनि त्यहाबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।  
  
उनका अनुसार बिरामीको चाप बढेसँगै दोश्रो पटक श्यया थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालमा हाल ५१ सङ्क्रमित  उपचाररत छन् । तीमध्ये गम्भीर अबस्थाका छ श्यययाको सघन उपचार कक्ष (आइसियूं, चार शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडियू) र चार भेन्टिलेटर राखिएको छ । आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यवस्थापनमा समस्या बनेको छ ।  
 
अस्पतालले  सङ्क्रमित बिरामीको लागि श्रोत, साधन र जनशक्ति अनुसार ४० शय्याको आइसोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसँगै २० शय्या थप गरेर हाल ६० शयेया पुर्याइको छ ।” उनले भने, “दुई पटकसम्म शय्या थपिसकेकाले अब भने नसक्ने अवस्थामा पुगेका छौँ ।” 
बागमती प्रदेश मातहत रहेको ५० शय्याको अस्पताल हो । अस्पतालले नियमित सेवा सुचारु राख्दै सोही श्रोत र जनशक्तिमार्फत हाल अतिरिक्त ६० शय्याको कोभिड वार्ड चलाइरहेको छ । 
 
कोरोना भाइरसको दोश्रो लहर देखिएसगैँ  अस्पतालले ४० श्यययाको कोभिड वार्ड तयार गरेको भएपनि बुधबार र शुक्रबार थप १०÷१० श्यया वृद्धि ६० श्यया पु¥याएको हो । 
 
 सङक्रमितको स्वास्थ्यमा समस्या देखिएसगैँ धेरै बिरामीको रोजाई यही अस्पताल भएसगैँ माग धान्न गाह्रो हुदै आएको डा पाण्डेको भनाइ छ । “भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पिसिआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योग समेत भएकाले बिरामीको लागी अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ” उनले भने “अबभने स्थानीयतहको आइसोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौ ।” 
 
कोरोनाको दोस्रो लहर आएसगैँ जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइशोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजनसहितको १८१ शय्या तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । रासस