मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार थपिए ८१६७ संक्रमित, एकैदिन १८७ जनाको निधन

शनिबार थपिए ८१६७ संक्रमित, एकैदिन १८७ जनाको निधन


काठमाडौँ । नेपालमा शनिबार थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १७ हजार ९७१ जनाको पिसिआर र ५७७ जनाको एन्टिजेन परीक्षणका क्रममा ८०४६ र २११ जना गरी ८१६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप १८७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँगै मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ ।  
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ५४५५ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.४० प्रतिशत अर्थात् ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । 
 
शनिबारसम्म देशभर एक लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ जना पुगेको छ । 
 
तीमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ र ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ३३१ जनाको आइसियूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ६७५ जना रहेका छन् ।