मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालमा लगानीको वातावरण सुरक्षित छ–राजदूत खतिवडा (भिडियो सहित)

नेपालमा लगानीको वातावरण सुरक्षित छ–राजदूत खतिवडा (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – अमेरिकाका लागि नेपाली राजदूत एवं पूबं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण नबिग्रिएको उल्लेख गर्दै सबैभन्दा बढी प्रतिफल प्राप्त हुने बताएका छन् ।
शुक्रबार अमेरिकाको टेक्सस राज्यको अर्भिङमा नेपाली उद्योगी व्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले राजनीतिक प्रणाली स्थिर रहेकोले नेपाल लगानीका लागि सुरक्षित रहेको उल्लेख गरेका हुन् । ‘सरकार आउला र जाला, तर हामीले विकास गरेको राजनीतिक प्रणाली स्थिर भएकोले त्यसले लगानी सुरक्षित हुनेमा ढुक्क भए हुन्छ’ राजदूत खतिवडाले आश्वस्त पार्दै भने । 
 
नेपालमा पछिल्ला दुई वर्षदेखि कुनै पनि उद्योगमा बन्द हड्ताल नभएको, मजदुर आन्दोलन हुन छाडेको, ऊर्जाको प्रचुर आपूर्तिले गर्दा नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ रहेको समेत खतिवडाले उल्लेख गरे । दुई वर्ष अघि सरकारले ल्याएको सामाजीक सुरक्षा ऐनका कारण बन्द हड्ताल हुन छाडेको उनले बताए ।
‘तपाईहरुले टेक्ससमा चढ्ने एउटा गाडीको मूल्य बराबरको रकम नेपालमा लगानी गर्दा त्यहाँ २० जनाले रोजगारी पाउँछन् । त्यसतर्फ तपाईहरुले गंभीर भएर सोचेर लगानी गर्न आग्रह गर्छु’ उनले भने । 
लगानीकर्तालाई आकर्षित गर्न र धेरै ठाउँ चाहार्नु नपरोस् भनेर एकद्वार प्रणाली विकास गरिएको, ६ अर्बभन्दा बढी लगानी गर्नेलाई लगानी बोर्ड बाटै सबै काम हुन थालेको, पहिले बिजुली अभाव हुने गरेकोमा अहिले निर्यातको विषय अघि बढेको लगायत सकारात्मक पक्षको चर्चा डा. खतिवडाले गरे । 
नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र निर्यातजन्य वस्तु रहेको उल्लेख गर्दै अमेरिकाले दिएको ७७ प्रकारका बस्तुहरु मध्य मुस्किलले १५÷१६ प्रकारका वस्तु मात्र निर्यात भैरहेकोले बाँकी बस्तुको उत्पादनमा लगानी गर्न व्यबसायीहरुलाई उनले सुझाव दिए । औषधी, कृषिजन्य वस्तुहरुको प्रशोधन, खनिजजन्य उद्योगहरुमा हुने लगानीको प्रतिफल उच्च रहेको समेत जानकारी दिए । 
 
नेपाली दूतावासबाट प्रवाह हुने सेवा सुविधालाई प्रभावकारी बनाउने र फोन नउठ्ने समस्या समाधानका लागि भ्वाइस मेसेजमा राख्ने तयारी सुरु भएको उनले उल्लेख गरे । 
कार्यक्रममा नेपाली समुदायले सूचना प्रविधि, जलस्रोतको क्षेत्रमा लगानीका विषयमा चासो राखेका थिए । राजदूत खतिवडाले नेपाली समुदायले नेपालमा गर्ने लगानीलाई सहज बनाउन आफुले आवश्यक सहयोग गर्ने वचन समेत दिएका छन् ।
 
त्यस अवसरमा चेम्बरका अध्यक्ष बाल जोशीले नेपालमा लगानीका लागि धेरै चासो व्यक्त भएपनि प्रकृयागत झमेला, असुरक्षा, लगानीको प्रतिफल फिर्ता जस्ता गुनासोहरु व्यबसायीको तर्फबाट आइरहेको उल्लेख गरेका थिए । जोशीले कार्यक्रममा नेपाली सांस्कृतिक र पुरातत्व झल्कने प्रस्तावित संग्रहालयका विषयमा समेत चर्चा गरेका थिए । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल, चेम्बरका सचिव प्रदीप गिरी लगायतले नेपालमा लगानी, नयाँ नीतिगत व्यबस्था लगायतका विषयमा राजदूतसँग जिज्ञासा राखेका थिए ।