मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राजदुत खतिवडा टेक्ससमा

राजदुत खतिवडा टेक्ससमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)-अमेरिकाका लागि नेपाली राजदुत डा युवराज खतिवडा बिहिवार टेक्सस ड्यालस आईपुगेका छन् । नेपाली राजदूतावास अमेरिकाको कन्सुलर सेवा शिविरका लागि डा खतिवडा केही दिनका लागि टेक्सस आएका हुन् ।
 
शुक्रवार र शनिवार नेपाली मन्दिरमा नेपाली राहदानी नविकरण लगायत दुतावासले दिने कन्सुलर सेवा लिन सकिने छ ।
 
ड्यालस बसाईका क्रममा राजदुत खतिवडाले गैर आवासिय नेपाली संघका त्यहां उपलव्ध पदाधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ । यसवाहेक नेपालमा लगानीका विषयमा राखिएको कार्यक्रममा खतिवडा प्रमुख वक्ताका रुपमा सहभागि हुदैं छन् ।
 
टेक्सस  ड्यालस नेपाली समुदायको ठुलो वस्ती भएको क्षेत्र हो । कयौं नेपालीले त्यहां व्यवसाय गरेर वसेका छन् । एक दुई स्टोर हुने देखि १ सय भन्दा वढी व्यवसाय हुने सम्मका नेपाली त्यहां भेटिन्छन् ।
 
राजदुतका रुपमा डा खतिवडाको यो पहिलो टेक्सस भ्रमण हो । डा खतिवडाले नेपालमा राष्ट्र बैंक गभर्नर तथा अर्थमन्त्री भई काम गरिसकेका छन् ।