मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २१४ जनाको निधन

बिहीबार थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २१४ जनाको निधन


काठमाडौँ । नेपालमा बिहीबार थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १९ हजार ४७४ पिसिआर र ७७१ एन्टिजेन परीक्षणका क्रममा ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप २१४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयको भनाइ छ । यसैबीच, बुधबार १६८, मंगलबार २२५ जना, सोमबार १३९ जना र आइतबार ८८ जनाको मृत्यु भएको थियो । 
नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४४६६ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ५०५५ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४।५७ प्रतिशत अर्थात् ३ लाख २१ हजार ५१८ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । बिहीबारसम्म देशभर एक लाख ५२०७ जना सक्रिय संक्रमित रहेका छन् । भने संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।
 
तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् । 
 
मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ४९७ जना रहेका छन् ।