मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरीकाद्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

एनआरएनए अमेरीकाद्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- प्रवासमा हुर्कीरहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा, संस्कृती, कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान सीपहरु उपलव्ध गराउने साझा दायित्वको लागि एन आर एन ए, आमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञान सिकाउन पाठ्यक्रमको ढाँचा तयार गरेकोछ ।

नेपाली पाठशाला समितीको ठूलो मेहिनत पछि पहिलो पटक तयार गरिएका यि पाठ्यक्रमका खाकाहरुले प्रवासमा रहेका नेपाली पाठशालाहरुलाई के कस्ता पाठ्यसामग्री छनौट गर्ने  र कसरी पढाउने भन्ने बारेमा एक सहयोगी सामग्रीको  रुपमा काम गर्ने विश्वास एनआरएनए, आमेरिकाले लिएको छ । 

 
पूर्वीय दर्शन र नेपाली बिशिष्टतालाई प्रवासमा हुर्की रहेका कलिला मनसंग नेपाललाई जोड्न बिगत देखि खड्किएको आवस्यकता परिपूर्ती गर्न एनआरएनए अमेरिकाको यस कदमवाट अवस्य पनि विश्वभरि छरिएर रहेका एनआरएनएका बालबालिकाहरुलाई सहयोग पुग्ने देखिन्छ । हाललाई नेपाली भाषा र नेपाली नैतिक ज्ञान दर्शनको आधारभूत र मध्यम तहको पाठ्यक्रमको खाका तयार भै प्रकाशन गरिएकोछ ।

यस पाठ्यक्रमको ढाँचाले नेपाली भाषा र नैतिक शिक्षाका बिषयगत सिकाई उपलव्धिका साथै एक देखि एकतिस हप्ता सम्म के कस्ता पाठ्यसामग्री छनौट गरि प्रशिक्षण गर्ने भन्ने बारेमा शिक्षक तथा अविभावकलाई निर्दिष्ट गर्न खोजेको छ भने दुईधण्टाको नमूना प्रशिक्षण योजनाले नेपाली भाषा, कला, संस्कृति, ईतिहास आदि अध्यापन गराउन के कसरी बिषयबस्तु छनौट गरी प्रशिक्षण गर्ने भन्ने बारेमा खाका प्रस्तुत गरेकोछ ।

 
जसलाई एनआरएनए आमेरिकाको वेवसाईटको होम पेजको प्रोजेक्ट अन्तरगत २०२० मा प्रकाशित ट्यावमा गएर तपाईहरुले निशुल्क रुपमा पढ्न र डाउनलोड गर्न सक्नु हुनेछ । साथै एनआरएनए, आमेरिकाले यि सामग्रीहरुको उपयोगवाट प्रवासमा रहेका नेपाली पाठशालाहरुको विकासका साथै थप पाठ्यपुस्तक निर्माण गर्न सहयोग पुग्ने विश्वास लिईएको छ ।