मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

डोज क्वाइन, अमेरिकामा वढ्दो महंगी र पुर्वी राज्यमा ग्यांस अभाव

डोज क्वाइन, अमेरिकामा वढ्दो महंगी र पुर्वी राज्यमा ग्यांस अभाव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- केही दिन यता डोजक्वाइनको समाचार आईनै रहेका छन् । टेस्ला मोटर कम्पनीका प्रमुख तथा नविन सोच राख्ने व्यवसायी एलन मक्सले डोजक्वाइको कुरा उठाए पछि यो विश्वभर समाचारको विषय वनेको छ । गत शनिवार एक टेलिभिजन कार्यक्रममा आमासंगै उपस्थित हुदां डोज क्वाइनको वारेमा आमा छोरा दुई विचको संवादले यसको मूल्य तल झरेको थियो ।
 
एलन यही रोकिएनन यसको केही दिन पछि समाजिक संजालमा मत सर्वेक्षण लिए । त्यहां प्रश्न राखिएको थियो के डोजक्वाइनमा टेस्ला मोटर किन्ने सुविधा दिनु उपयुक्त हुन्छ वा हुदैंन । कतिले हुन्छ भने कतिले हुन्न । झण्डै ७५ हजार डोजक्वाइनमा एउटा टेस्ला किन्न पुग्छ ।
 
यस पछि पनि डोज क्वाइनको विषयमा समाजिक संजालमा विभिन्न समाचार आईरहे । बेलायतमा एउटा बैंकका उच्च अधिकारीले डोजक्वाइनवाट नाफा भएपछि जागिर छाडेछन् । यस्तै यस्तै खालका समाचार आईरहेका छन् । तर, यो विगतका साता जस्तो बढ्न सकेको छैन । डोजक्वाइनको मूल्य भने यो साता उतार चढाव पुर्ण छ । डोजक्वाइन जस्ता क्रिप्टोकरेन्सीको मूल्य मूल्य नहुने अभिव्यक्ति पनि आएका छन् ।
 
कयौं नेपालीले पनि डोजक्वाइनमा लगानी गरेकाले यो चासोको विषय वनको छ । अमेरिकाको अर्थतन्त्रमा भने यो साता केही नकरात्मक तथ्यांकहरु आए ।
 
पहिलो उपभोग्य वस्तुको उच्च मूल्य बृद्धि भएको तथ्यांक सार्वजनिक भयो  । वुधवार सार्वज्निक तथ्यांक अनुसार अमेरिकामा औषत मूल्य बृद्धि पछिल्लो समयमा ४ दशमलब २ प्रतिशत छ । अधिकांश उपभोग्य वस्तुको मूल्य वढेको छ । यसले निश्चित आम्दानी हुने अमेरिकीलाई खर्च जुटाउन कठिन हुन्छ ।  चिप्स देखि ग्यांससम्मको मूल्य  वढेको छ । कोभिड १९ का कारण आर्थिक चक्र नियमित नहुदां पनि मूल्य बढेको हो । यो मूल्य बृद्धिदर १० बर्ष यताकै उच्च भएको वताईएको छ ।
 
उच्च मूल्य बृद्धिको समाचार सार्वजनिक भए लगत्तै अमेरिकी शेयर बजार ओरालो लाग्यो । यो साता मात्र शेयर बजारको उतार चढाव देखाउने मुख्य सुचक १२ सय अंक भन्दा वढीले तल झरेको छ । शेयर बजारमा लगानी गर्ने नेपाली पनि वढीरहेका छन् । शेयर बजारमा मन्दी आयो भने थुप्रै नेपालीले समेत गुमाउने छन् । तर, नयां प्रवेश गर्नेका लागि सस्तोमा किन्ने अवसर पनि आउन सक्छ ।
 
अमेरिकाको पुर्वका राज्यमा जाने पाइप लाइनमा ह्याकरले आक्रमण गरे । यसले गर्दा ढुवानी व्यवस्थामा समस्या आयो । जसका कारणले न्यूयोर्क जस्ता पुर्वी राज्यमा ग्यांस विक्री गर्ने स्टोरहरुमा गाडीको लामो लाइन लागेको छ । ग्यांस नपाउन सक्ने डरले धेरै उपभोक्ताले संचय गर्न खोज्दा अभाव झनै वढेको छ । तर, सरकारी अधिकारीहरुले ग्यांसको त्यत्ति धेरै अभाव नहुने बताउंदै आएका छन् ।
 
यो समस्याले ग्यांसको मूल्यमा पनि चाप वढेको छ । अमेरिकामा ग्यांसको औषत मूल्य प्रतिग्यालन ३ डलर पुग्ने अनुमान आएको छ । यो भनेको अहिले भन्दा करिव १५  सेन्ट वढी हुनु हो ।