
साहित्य / कला
कोरोना भित्र सत्ता उन्माद

जनताहरुमा कोरोनाको त्रास
तर, नेताहरुमा सत्ताको उन्माद ।
कहिले भन्छन बेसर-पानी
त्, कहिले अम्बाको पात। ।
एम्बुलेन्स र भेन्टिलेटर नहुने
तर रेलगाडीको कम्पनी छ ।
ट्याक्टरमा विरामी बोक्नु पर्ने
कस्तो विडम्बनापूर्ण स्थिति छ।।
अस्पतालमा बेड र अक्सिजन छैन
तर, विरामीको उच्च चाप छ
पुर्व तयारी त् कहिले नहुने
कस्तो सती श्रापित हाम्रो देस छ। ।
जनताहरु पनि खै के गतिला
नेता र पार्टीहरुकै पछयौरी समाउने ।
गलत प्रवृतिलाई जहिले साथ दिंदा
के गर्छौ अहिले,
सिवाय कोरोनमा ज्यान गुमाउने। ।
हे जनता,
मास्क लगाउ, सानिटाइजर लगाउ
६ फिटको दुरी कायम गरेर बस ।
विवाह, चाडवाड र व्रतवन्ध बिर्सी
ज्यान जोगाउने प्रयास गर। ।
विश्वको लागि नै नराम्रो समय
यसमा हामी सबै एक साथ् छौ।
कटेर जान्छ यो कालो वादल पनि
धैर्य गरेर एक अर्कोलाई साथ् दिऊ।।
विनोद शाह
जीआइएस (GIS) विज्ञ तथा
सामाजिक अभियन्ता, न्युयोर्क
(मे ११, २०२१, कोरोना, न्युयोर्क)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
-
50%Happy
-
0%Sad
-
33%Excited
-
0%Angry
-
16%Surprise
ट्रेन्डिङ

समाज , १३ असार २०७९, सोमबार
नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री
समाज , १३ असार २०७९, सोमबार
देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध : अर्थमन्त्री

समाज , १३ असार २०७९, सोमबार
मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री खड्का

समाज , १३ असार २०७९, सोमबार
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

समाज , १३ असार २०७९, सोमबार
युक्रेन द्वन्द्वपछि रुसी राष्ट्रपति पुटिन पहिलो पटक विदेश भ्रमणमा जाने

समाज , १३ असार २०७९, सोमबार
प्रतिक्रिया