मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नयाँ वर्ष कपमा टिम दर्ता गर्न एनेप्लिज हेरिटेज युनियनको आग्रह

नयाँ वर्ष कपमा टिम दर्ता गर्न एनेप्लिज हेरिटेज युनियनको आग्रह


ह्युस्टन, टेक्सस । एनेप्लिज हेरिटेज युनियन (एएचयू)ले ह्युस्टनवासी खेलप्रेमीहरुलाई फुटबल खेलप्रतिको भावनाको कदर गर्दै ‘नयाँ वर्ष कप फुटबल आयोजना २०७८’ मा सहभागी हुन अनुरोध गरेको छ ।  
 
गत वर्ष कोभिड(१९ को कारणले गर्दा प्रतियोगिता सम्पन्न गर्न नपाएको हुँदा यस वर्ष २०७८ मा कोभिड(१९ को लागि जारी भएका नियमभित्र रही यही मई २२ र २९ गते शनिबार दोस्रो एनएचयू नयॉं वर्ष कप फुटबल २०७८ मा सहभागिताको लागि अनुरोध गरिएको हो । 
 
फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले यही मई १५ तारिखभित्र युएस डलर ३५० सहित आआफ्नो टिमको नाम, सम्पर्क व्यक्तिको नाम, मोबाइल नम्बर र इमेलसहित निम्न व्यक्तिहरुसँग सम्पर्क गर्ने व्यवस्था मिलाइएको एनेप्लिज हेरिटेज युनियन (एएचयू)ले जनाएको छ । 
 
जनार्दन शर्मा (जेके) को मोबाइल नम्बर ३७४७५८७८४६, हिमाल पँगेनीको मोबाइल नम्बर २८१८१८२४७४, कर्ण बोगटीको मोबाइल नम्बर ३४६४०१३१६८, परशुराम शर्माको मोबाइल नम्बर २८१६६२०६१४ र बाबुराम बस्यालको मोबाइल नम्बर ८३२७६२७८८० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको एएचयूले जनाएको छ ।