मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मौज्दात अक्सिजन सिलिण्डरहरू अस्पतालहरूलाई उपलब्ध गराउन महासंघको अपिल

मौज्दात अक्सिजन सिलिण्डरहरू अस्पतालहरूलाई उपलब्ध गराउन महासंघको अपिल


काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरबाट देशभर संक्रमित भएका बिरामीहरूको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यानसमेत गइरहेको खबरबाट आफू मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 
 
अक्सिजनको चरम अभाव भइरहेको स्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टीललगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग हुने आफूसँग मौज्दात अक्सिजन सिलिण्डरहरू संक्रमितको उपचारका लागि उपलब्ध गराउन महासंघका महासचिव रोशन दाहालले अपिल गरेका छन् । 
 
त्यस्ता सिलिण्डरहरूको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत् नजिकका अस्पतालहरूलाई तत्काल उपलब्ध गराई सहयोग गर्न महासंघले आफू मातहतका सम्पूर्ण सदस्यहरू, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरुलाई अपिल गरेको हो । 
 
देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनाहरूमध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरहरूको प्रयोग भइरहेको अवस्थामा ती सिलिण्डरहरू कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 
 
गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासंघले संघीय सरकार तथा प्रदेश सरकारहरूलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै विगतमा महाभूकम्प, बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी महासंघले पीडितहरूको घाऊमा मलहम लगाउन कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।