मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

डोज क्वाइन वा विटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको मुल्य के होला

डोज क्वाइन वा विटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको मुल्य के होला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – शनिवार राती एनबीसीको कार्यक्रममा विश्वकै सवैभन्दा धनी एलन मक्सले डोज क्वाइनको वारेमा आमासंग जोक गरे । एलन कि आमाले भनिन आइतवार मदर डेका दिन मलाई एलनले के उपहार दिन्छन भन्नेमा उत्सुक छु तर, डोज क्वाइन दिउन भन्ने चाहन्न ।
तर, एलनले भने, म त्यही गर्छु ।
 
यो आमा छोराको संवाद थियो । तर, यसले डोज क्वाइनको मूल्य भने तल झर्यो । माथि चढ्ला र वढ्ला भनेर वसेका थुप्रै बजारको प्रतिकृयाले निराश भए । म एक डलर भएपछि वेच्ने योजनामा थिएं शनिवार रातीवाट बढ्छ भन्ने ठुलो आश थियो खत्तम भयो एक जना झण्डै १७ हजार डोज क्वाइन भएका नेपालीको यस्तो प्रतिकृया थियो । शनिवार राती यता डोच क्वाइनले झण्डै २५ प्रतिशत मूल्य गुमायो । ती नेपालीले कागजी मूल्यमा तीन हजार डलर जति गुमाए ।
 
यो कागजी मूल्य हो यस्तो भईरहन्छ फेरी वढ्न पनि सक्छ बजार हो । कति जोखिम लिने व्यक्तिगत कुरा हो ।
 
डोज क्वाइन जनवरी यता मात्र १२०० प्रतिशतले बढेको छ । शेयर किनेबेच  गर्ने अनलाइन रविनहुडमा अरुले जस्तै सयौं नेपालीले समेत डोच क्वाइनमा पैसा लगाएका छन् । त्यो त (एलन ) लगानीकर्ताका लागि डेन्चर मान्छे छ बेला बेलामा विरोधाभासपुर्ण प्रतिकृया दिन्छ त्यसैले मूल्य तल माथि हुन्छ वासुदेब घिमिरेले भने ।
 
शनिवार  क्रिप्टोकरेन्सीका वारेमा मक्सका आमा छोराको मात्र जोक्समा सिमित रहेन । बैंक अफ इंल्याण्डका गभर्नरले शनिवार भनिदिए क्रिप्टोकरेन्सीको खास मूल्य छैन, जसले लगानी गरेका छन् आफ्नो सवै पैसा गुमाउन तयार भए हुन्छ ।
 
मार्च २०२० देखि बैंक अफ इंल्याण्डको गभर्नर पद सम्हालेका एन्ड्रु बेलि यतिमा मात्र रोकिएनन् । म सिधा शव्दमा फेरी भन्छु यदी सवै पैसा वा लगानी गुमाउन तयार छौ भने त्यो ( क्रिप्टोकरेन्सी) किन उनले भने । क्रिप्टोकरेन्सीको मुल्य बढिरहेका वेला उनले यस्तो प्रतिकृया दिएका हुन् ।
 
क्रिप्टोकरेन्सीमा विटक्वाइनको भाउ एउटाको ६० हजार डलरसम्म पुगेको थियो । अहिले केही झरेको छ । टेस्लाका प्रमुख एलनको विरोधाभास पुर्ण प्रतिकृयाले क्रिप्टोकरेन्सीको मूल्य वढ्न सहयोग गरेको थियो ।
 
नेपालमा क्रिप्टोकरेन्सी किनवेच वन्देज छ । तर, विदेशमा वस्ने नेपाली भने क्रिप्टोकसेन्सी प्रति आकर्षित भईरहेका छन् । नेपालको राष्ट्र बैंकले क्रिप्टोकरेन्सी किनवेचमा किन वन्देज लगाएको छ यसको कुनै लजिक छैन घिमिरेले भने । नेपालीलाई मुर्ख ठानेर पैसा कमाउन रोकेको छ उनले थपे ।
 
क्रिप्टोकरेन्सीको पैसा रुपैंया जस्तो कुनै भौतिक अस्तित्व छैन । यो इलेक्ट्रोनिक माध्यमद्धारा कम्प्यूटरमा मात्र अस्तित्व रहेको पैसा हो । कतिले विट्क्वाइनलाई पैसाका रुपमा स्विकार्छन । विट्क्वाइन, डोज जस्तै कयौं क्रिप्टोकरेन्सी छन् ।
 
अमेरिकाका कयौं स्टोर वा ग्यांस स्टेशनमा विटक्वाइन मिन्टिगं स्टेशन देखिन्छन् । जहांवाट विट्क्वाइनको कारोबार गर्न पाइन्छ ।