मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

टिपिएस ग्रिनकार्डको बाटोमा छ, छुटेका नेपालीहरुले पुनः निवेदन दिन सक्नु हुन्छ – कानुन व्यवसायी भट्ट

टिपिएस ग्रिनकार्डको बाटोमा छ, छुटेका नेपालीहरुले पुनः निवेदन दिन सक्नु हुन्छ – कानुन व्यवसायी भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्कका चर्चित कानुन व्यवसायी डिल्लीराज भट्टले टेम्प्रोरी प्रोटेक्ट स्टाट्स अर्थात टिपिएस सुविधा लिन छुटेका तर अमेरिकी सरकारले तोकेको समयसिमाभित्र अमेरिकामै रहेका नेपालीहरुले पुनः निवेदन दिन सक्ने बताएका छन् । 
 
अमेरिकी राष्ट्रपति जो बाइडेनले टिपिएसलाई कानुनी मान्यता दिनका लागि बिशेष पहल थालिरहेको परिप्रेक्षमा बिभिन्न कारणले यो सुविधा लिन छुटेका तर अमेरिकामै रहेका नेपालीहरुले पुनः निवेदन दिन सक्ने बताएका हुन् ।
 
हिमालय खबरसंग बिशेष कुराकानी गर्दै भट्टले भने, नेपालीहरुको हकमा बिभिन्न कारणले यो टिपिएस लिन छुटेको देखिन्छ, जस्तै असाईलमको अन्तिम अन्र्तवाता कुरिरहेकाहरुले त्यति बेला यो सुबिधा नलिनु भएको देखिन्छ अर्को तर्फ अन्य भिषामा आएका तथा अमेरिकामा ग्रिन कार्ड फाईल गरेका सबैलाई पुनः निवेदन दिन म सुझाव दिन्छु ।
 
टिपिएस अमेरिकाको तल्लो सदनबाट पारित भई उपल्लो सदनमा पुगिसकेका कारणले र बाइडेन प्रशासन यो बिललाई पास गर्ने लक्ष्यमा रहेकाले ग्रिन कार्ड चाहने नेपालीहरुलाई यो सुबिधा लिनबाट बञ्चित नहुन उनले आग्रह गरेका हुन् । भट्टले भने यदी टिपिएस ग्रिन कार्डको बाटोमा गए कानुनी बैधता खोजिरहेका आधा भन्दा बढी नेपालीहरुको समस्या आफै समाधान हुन्छ । 
 
सन् २०२० जनवरी १ भन्दा अगाडी आएका सबैलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता बाटोमा लैजानका लागि पूर्वराष्ट्रपतिहरुले समेत सुझाव दिईरहेको र त्यसका लागि गृहकार्य भएका कारण बाइडेनको महत्वकाक्षी योजना समेत सफल हुन सक्ने अनुमान भट्टले गरेका छन् । उनले भने यो राजनीतिक मुद्धा बनिसकेको छ, यसर्थ पास हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ । 
 
अहिले अध्यागमन अदालत चरण चरणमा गरि खुल्ने क्रम शुरु भएकाले आफ्नो केश नजिक रहेकाहरुलाई तयारीमा लाग्न समेत उनले आग्रह गरेका छन् । कोरोनाका कारण लामो समय अध्यागमन अदालत बन्द हुँदा असाईलम लगायत अन्य केश सुनुवाईको प्रतिक्षा गरिरहेका नेपालीहरु चिन्तित हुनुहुन्छ, अब बिस्तारै त्यस्तो समस्या समाधान हुँदै जाने उनले बताए ।
 
बाइडेन प्रशासन आईसकेपछी अमेरिकामा रहेका नेपालीहरु खुसी देखिन्छन्, नि भन्ने प्रश्नमा भट्टले भने बाइडेन आएपछी नेपालीहरु मात्रै होईन कागजी प्रकृया पुरा नगरेका सबै खुसी छन् । उनले अमेरिकामा बाइडेन प्रशासन कागजपत्र बिहिनहरुका लागि सबै भन्दा सहयोगी हुन सक्ने अनुमान गरेका छन् । शुरुवाती चरणबाटै जुन हिसावले राष्ट्रपति बाइडेन लाग्नु भएको छ, यो हिसावले कागजपत्र बिहिनहरुका लागि पूर्वराष्ट्रपति रेगनपछीको सबै भन्दा सहयोगी राष्ट्राध्यक्ष बाइडेननै हुने अपेक्षा छ ।
 
पूर्वराष्ट्र बराक ओबामा समेत कागजपत्र बिहिनहरुको समास्या समाधान गर्नका लागि चिन्तित हुनुहन्छ, उपराष्ट्रपति कमला ह्यारिस आप्रवासीहरुको समाधान समाधान गर्ने प्रमुख बन्नु भएको अवस्था छ, यसर्थ अमेरिकामा लामो समयदेखी राजनीतिक मुद्धा मात्रै बन्दै आएको आप्रवासी समस्या यस पल्ट समाधान हुने धेरै सम्भावना उनले देखेका छन् ।
 
कानुन व्यवासायी भट्टसंग  पत्रकार अनिल अधिकारीले गरेको भिडियो संवाद प्राविधिक कारण बश प्रशारण गर्न नसकेकोमा क्षमाप्राथी छौं ।