मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको न्युजर्सीबाट हराएका अजय साह मृत भेटिए

अमेरिकाको न्युजर्सीबाट हराएका अजय साह मृत भेटिए

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिक)- गत जनवरीमा न्युजर्र्सी राज्यबाट हराएका अजय साहको शव फेला परेको छ । जर्सीबाट न्युयोर्क हिंडेका साहको शव न्युयोर्कको ब्रूकलिनको एङकोरेज नहरमा फेला परेको प्रहरीले जनाएको छ । 
 
नेपालको सिरहा घर भएका २२ बर्षीय साह न्युजर्सीको ड्रिउ विश्वविद्यालयमा पढ्दै थिए । साहको मृत्यको कारणबारे अझै अनुसन्धान जारी रहेको मोरिस काउन्टी कार्यालयले जनाएको छ । 
 
मार्च नौ तारिखमा नै साहको शव न्युयोर्क प्रहरीले फेला पारेको थियो । शवको पहिचान नभएपछि प्रहरी समेत अलमलमा थियो । पछि मोरिस काउन्टिमा खबर गरेपछि शव साहको भएको पत्ता लागेको हो ।