मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज अमेरिकालाई एउटै मालामा गाँस्छु : कृष्ण लामिछाने

नेपाली समाज अमेरिकालाई एउटै मालामा गाँस्छु : कृष्ण लामिछाने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव प्रचारप्रसार कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेलगायत उनका टिमबाट कोलोराडोमा सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक विष्णु सुवेदीको प्रमुख आतिथ्यतामा कोलोराडोको ब्रुमफिलमा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, गण्यमान्य, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै कृष्ण लामिछानेले आफू सानै उमेरदेखि नेपालमा विभिन्न संघसंस्थामा रहेर समाजसेवा गर्दै आएको र अमेरिकामा पनि सामाजिक सेवा जारी राखेको बताए । उनले भने, ‘प्रवासमा नेपालीहरुलाई साथ र सहयोग चाहिने मर्दा र पर्दा हो । त्यसैले मैले निर्वाचन जित्न सफल भएमा मर्दा र पर्दाको एनआरएन बनाउन लागिपर्छु ।’ 
 
लामिछानेले आफू विभिन्न संघसंस्थाको नेतृत्व गर्दै यहाँसम्म आएको हुनाले संस्थालाई सुदृढ बनाउन के गर्नु पर्दछ भन्ने अनुभव भएको दाबी गरे । उनले एनआरएनलाई समावेशी, पारदर्शी, गतिशील तथा सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले अमेरिकामा रहेको नेपाली समाजलाई एकआपसमा फुटाएर होइन जुटाएर एउटै मालामा गाँस्दै अगाडि बढ्ने प्रण गरे । त्यसैगरी उनले दोहोरो नागरिकता, नेपाल र नेपालीको पहिचाहन दिने सामुदायिक भवनलगायत धेरै काम गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट्याए ।
 
त्यसैगरी कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उमेदवार तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णजीवी पन्थ, उपाध्यक्षका उमेदवारहरु विकास उप्रेती, पूर्णचन्द्र बानियाँ, प्रवीण केसी, महिला उपाध्यक्ष उमेदवार इच्छा बस्नेत, महिला सचिव उमेदवार सुनिता सापकोटा, युवा संयोजक ओम गुरुङ, सहकोषाध्यक्ष उमेदवार विकल ढकाल, आइसिसी उमेदवार रविन बज्राचार्य, रामबाबु पाण्डे, साथै बोर्डअफ डाइरेक्टरका उमेदवारहरु दिवाकर पाण्डे, अशोक केसी, राजेन्द्र जोसी, कमल सापकोटा, कोलोराडोबाट बोर्डअफ डाइरेक्टरमा उमेदवार साबु गदाललगायतका उमेदवारहरुले आ—आफ्ना उमेदवारीको कारण राख्दै आफूलगायत लामिछानेको टिमलाई भोट हाली जिताउन सबैलाई आग्रह गरेका थिए । 
 
यसैगरी कार्यक्रममा आइसिसीका सचिव गौरीराज जोशी, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, एनआरएन क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसिसी मानार्थ सदस्य प्रतिक पाण्डे, प्रकाश सापकोटा, लोक तिवारी, क्यान्सस च्याप्टरका अध्यक्ष फिलिप केसीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 
त्यसैगरी सोही कार्यक्रममा हाल कोलोराडो च्याप्टरका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी रामचन्द्र पन्थले कोलोराडो च्याप्टरमा आफ्नो टिमले जितेमा आगामी २ वर्षमा के के गर्दछौँ र यसको मूल्याङ्कन कसरी हुन्छ भन्ने कार्ययोजना प्रस्तुत गरेका थिए । उनले आफू र आफ्नो टिम कोलोराडोमा आगामी २ वर्ष सेवा गर्न अगाडि बढेकोले यस टिमलाई भोट हालेर जिताउन सबैलाई अनुरोध गरेका थिए ।
 

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रम, कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासु खनालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा च्याप्टरका सहसचिव उमेदवार सञ्जय शाक्यले स्वागत मन्तव्य दिएका थिए भने कोलोराडो च्याप्टरका सचिव उमेदवार शंकर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 
कार्यक्रमका प्रमुख अतिथि विष्णु सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री तथा कार्यक्रमका विशेष अथिति प्रेमकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा समाजसेवी बुद्धि लामिछाने, जनसम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारी, एएनए पूर्वअध्यक्ष नवीन दत्त, अनेसास वोर्ड अफ ट्रष्टि उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास पूर्वकेन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल,  नेपाली घरका अध्यक्ष लछुमन राना, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष टीका पौडेल,  प्रवासी नेपाली मञ्चका सन्तोष न्यौपाने, तमुधिका अध्यक्ष चन्द्र गुरुङलगायतका वक्ताहरुले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

 
कार्यक्रममा  नेवा खःलका अध्यक्ष तथा एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदका उमेदवार प्रेमकाजी श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर अध्यक्ष श्रीराम लुईंटेल, संखुवासभा अमेरिका जनसम्पर्क समिति अध्यक्ष विनोद गौलीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 
कार्यक्रमको अन्त्यमा सभापति बासुदेव खनालले उपस्थित सबैलाई धन्यवाद दिँदै, सहमति गर्दै मिलेर जाने ठाउँ कतै बाँकी भए त्यसको लागि आफूहरु सधैँ तयार रहेको बताए । ‘चुनावमा जाँदा त्यसको असर लामो समयसम्म रहन्छ जसका कारण भोटमात्र होइन मन पनि तोडिन्छ’, उनले भने ।