मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु


चितवन । चितवनका दुई अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । 
 
चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्को एकजना कपिलवस्तुका रहेका छन् ।
 
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सिएमसीमा नौ जना र सिएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन् ।
 
यस्तै, ६४ जना बिरामी सघन उपचार कक्षमा छन् । तीमध्ये सिएमसीमा ३६ जना, सिएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचारारत छन् । यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन् । तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सिएमसीमा आठ जना र सिएमएसमा १४ जना रहेका छन् ।
 
जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सिएमसीमा ७८ र सिएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सिएमसीमा १३९ शय्या र सिएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ । रासस