मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युलेस सिटीको चुनाव दोहोरिने

युलेस सिटीको चुनाव दोहोरिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – टेक्ससको युलेस सिटी काउन्सिलमा उम्मेदवार भएका टीका पौडेलको स्थानमा पुनः निर्वाचन ‘रनअफ’ मा गएको छ । रनअफ भनेको चुनाव दोहोरिनु हो ।  
 
सिटी काउन्सिलको प्लेस–६ को लागि चारजना उम्मेदवार थिए । चारजना मध्य कसैले पनि ५० प्रतिशत भोट नघाउन नसकेको हुँदा आउँदो जुन ६ तारिकमा फेरि चुनाव हुन लागेको हो । 
 
चारजना मध्य एरिक ओन्सले ४५ दशमलव ५५ प्रतिशत, टीका पौडेलले ४४ दशमलव ३६ प्रतिशत, जोसेफ रबिन्सनले ७ प्रतिशत र टिना डुरुले ३ प्रतिशत भोट प्राप्त गरेका छन् ।
 
विजयी हुनका लागि सदर मतको ५० प्रतिशत नघाउनुपर्छ । चार जना उम्मेदवारबीच भोट बाँडिएकोले कसैले पनि ५० प्रतिशत नघाउन नसकेका हुन् । 
 
स्रोतका अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने एरिक र टीकाका बीचमा पुनः एक महिनापछि रनअफ इलेक्सन (चुनाव) हुने छ । टीनाले टीकालाई समर्थन गरेकी छिन् । तर उनको पक्षमा प्राप्त तीन प्रतिशत मत खसेको छ । दोस्रो पटक हुने आउँदो चुनावमा यो मत टीकाको पक्षमा जाने संभावना छ ।
 
उता युलेसको छिमेकी सिटी फोर्टवर्थमा पनि चुनाव दोहोरिने भएको छ । फोर्टवर्थको मेयरका लागि १० जना उम्मेदवार छन् । यी मध्य सबैभन्दा मत डेमोक्रेटिक पार्टीकी डेब्रा पिपल्सले ३४ प्रतिशतले प्राप्त गरेकी छिन् । दोस्रो सबैभन्दा बढी मत मेटी पार्करले पाएका छन् । पार्करले ३१ प्रतिशत मत पाएका छन् । 
 
कोही पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएकोले फोर्टवर्थको मेयरका लागि समेत चुनाव दोहोरिने भएको छ । 
 
‘यो नेपाली समुदायको जीत हो । हामीले अर्को चरणमा अलिकति बल गर्ने हो भने सजिलै जिन्नेछौँ’ उम्मेदवार पौडेलले भने । उनले सबै मतदाताहरुलाई धन्यवाद दिनुका साथै आभार व्यक्त गरेका छन् ।

टीका पौडेल र एरिक ओन्स

टीका पौडेल र एरिक ओन्स