विचार / ब्लग

रिपब्लिकनहरु पुनः संसदमा हावी हुन सक्ने, डेमोक्रयाटहरुको बर्चश्व गुम्ने ?

जनगणनाको नतिजाः अमेरिकी राजनीतिमा सम्भावित प्रभाव

प्रकाशित |
तस्बिर: सामाजिक
अमेरिका- अमेरिकी जनगणनाको नतिजाले अमेरिकी राजनीतिमापनि प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । जनगणनाको तथ्यांकले अमेरिकी राज्यहरुमा जनसांख्यिक नतिजा पहिले भन्दा धेरै नै फरक देखिएको छ । यसले अमेरिकी राज्यहरुको निर्वाचन लगायत राज्यबाट प्रतिनिधित्व गर्ने संसदहरुको संख्यामापनि फरक आउने हुंदा अमेरिकी मुल राजनीतिमा पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । 
 
कसरी पर्न सक्छ प्रभाव ? 
अमेरिकी कानुन अनुसार प्रतिनिधि सभाका ४ सय ३५ सीटलाई ५० वटै राज्यका लागि विभाजन गरिएको छ । जुन जनसंख्याको आधारमा हुने गर्दछ । जनसंख्या धेरै हुने राज्यमा धेरै प्रतिनिधि हुन्छन भने कम हुने राज्यले कम प्रतिनिधि पठाउन पाउँछन । जनसंख्याको फेरबदल अनुसार राज्यबाट प्रतिनिधित्व गर्ने संसदहरुको संख्यामा पनि परिवर्तन हुनु पर्दछ । यदि कुनै राज्यमा जनसंख्या पहिले भन्दा धेरै भयो भने सो राज्यले संसदमा पठाउने प्रतिनिधिको संख्यापनि बढ्न सक्छ । तर यदि जनसंख्या घट्यो भने राज्यबाट प्रतिनिधित्व गर्ने संसदको संख्यापनि घटन सक्छ ।

जनगणनाको पछिल्लो तथ्यांकले डेमोक्रयाटहरुको बाहुल्यता रहेका राज्यहरुमा जनसंख्यामा घटेको देखाएको छ भने रिवब्लिकन राज्यहरुमा जनसंख्यामा बृद्धि देखाएको छ । डेमोक्रयाटहरुको बर्चश्व रहेका न्युयोर्क, क्यालिफोर्निया, ओहायो, पेन्सीलभेनीया तथा मिचिगन जस्ता राज्यहरुबाट संसद संख्या घट्ने छ । ती राज्यहरुमा डेमोक्रयाटहरुले जित्दै आएका छन । अब संसदको संख्या घट्नेछ भने जसको असर अमेरिकी संसदमा अवस्य पर्नेछ । त्यसैगरी रेड स्टेट अर्थात रिपब्लिकनहरुको बाहुल्यता रहेका अमेरिकी राज्यहरु टेक्सस, फ्लोरिडा नर्थ क्यारोलाइना, मोनाटा जस्ता राज्यहरुको जनसंख्यामा बृृद्धि भएका कारण संसद संख्यामापनि बृद्धि हुनेछ । जसले अमेरिकी संसदमा डेमोक्रयाटहरुको बर्चश्व तोड्न सक्नेछ । टेक्ससमा अब दुई जना संसद बढ्नेछन । भने माथी उल्लेखित अन्यमा एक एक संसद सदस्य बढ्ने अमेरिकी तथ्यांक विभागले बताएको छ । अचम्म त के छ भने अमेरिकी राज्यहरुमा सबैभन्दा धेरै जनसंख्या भएको क्यालिफोर्नियाले १७० बर्षमा आफ्नो एक सिट गुमाउदैछ । 

तथ्यांक विभागले हरेक घरधुरीको नतिजा सार्वजनिक नगरेसम्म संसद सिटको गणना भने गरिदैन तर आगामी बर्ष हुने मिडटर्म इलेक्सन (मध्य समयको निर्वाचन) मा भने डेमोक्रयाटहरुको नियन्त्रणमा रहेका प्रतिनिधि सभामा प्रभाव पार्न सक्नेछ । 

 अमेरिकी मौजुदा कानुन अनुसार हरेक दश बर्षमा जनगणनाको आधारमा राज्यले पाउने प्रतिनिधिको संख्या निर्धारण हुने गर्दछ । अर्थात राज्यको जनसंख्यामा आएको परिवर्तन अनुसार प्रतिनिधिसभामा राज्यबाट निर्वाचित हुने सांसदको संख्यामा पनि परिवर्तन हुन्छ । 

घट्दो जनसंख्या बृद्धिदर
तथ्यांक विभागका अनुसार सन २०१० र २० को विचमा अमेरिकी जनसंख्या बृद्धिदरमा भारी गिरावट आएको छ । जुुन सन १९३० को आर्थिक मन्दीपछिकै सबैभन्दा कम हो । जनसख्या बृद्धिदर कम हुनुमा मानिसहरुको व्यस्तता, जन्मदरमा कमी आउनु तथा ट्रम्प प्रशासनको अनुदार आप्रवासन नीतिलाई मुख्य कारक मानिएको छ । तथ्यांक विभागका अनुसार उटाह राज्यमा १८ प्रतिशतले जनसंख्या बृद्धि हुँदा वेष्ट भर्जिनियामा ३ दशमलव दुई प्रतिशतले बढेको छ । त्यसैगरी ५१ औं राज्यको प्रस्ताव गरिएको अमेरिकी राजधानी वशिङटन डिसीमा १४ दशमलव ६ प्रतिशतले जनसख्या बृद्धि भएको छ । 

अमेरिकाको जनगणनाको नतिजा अनुसार जम्मा जनसंख्या ३३ करोड १४ लाख ४९ हजार दुई सय ८१ रहेको छ । जनसंख्या बृद्धिदर सात दशमलव ४ रहेको छ । जुन दोस्रो सुस्त बृद्धि हो । एजेन्सीको सहयोगमा
हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया