मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सम्बन्ध रिमोट

सम्बन्ध रिमोट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काम रिमोट
परिवार रिमोट
सम्बंधहरु रिमोट र
फ़गत करोडौको संसारमा
ज़िन्दगी रिमोट।
आजकल,
अस्पतालको सैंयाहरु
मसानघाट र चिहानहरु
भरिएका छन।
सुख़-दुःखमा काध थाप्नेहरु
करोना संक्रमणको त्रासमा
नजिक भएर पनि,
रिमोट भएका छन।
त कोही,
हवाई-जहाज़ र मोटरगाड़ी
खुल्ने आसमा,
रिमोट मै भक्कानिएका छन।
समाज समवेदनहिन भएको छ
एक कल फ़ोन र दुइ शब्द बोल्न
समय नहुने हरु,
रिप लेख्दै
सामाजिक संजाललाइ रंगाएको छ।
र कहिले काही
जिउँदोलाइ पनि |
त्यसैले,
अचेल ज़िन्दगी रिमोट
र सम्बंधहरु झनै रिमोट।

(मे १, २०२१, न्युयोर्क) विनोद शाह – जीआइएस (GIS) विज्ञ तथा सामाजिक अभियन्ता, न्युयोर्क