मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुंदै

चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुंदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुने भएको छ । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट्स नजिकको सत्य नारायण मन्दिरमा यहि मे २ तारिखका दिन हुन लागेको रक्तदान कार्यक्रमको लागि अग्रिम बुकिङ गर्न चितवन समाज अमेरिकाले अनुरोध गरेको छ ।

कोभिड १९ कारण रगत अभाव भइरहेकोले न्युयोर्क ब्लड सेन्टरले ब्लड इमर्जेन्सी नै घोषणा गरिसकेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरी मानवीय कार्यमा टेवा पुर्याउन लागिएको समाजका अध्यक्ष शिवकमल पौडेलले जानकारी दिए । रक्तदान जस्तो पवित्र कार्यमा सहभागि भई पुण्य कार्यमा सहयोग गर्नपनि समाजका तर्फबाट अनुरोध गरिएको छ । रक्तदानकोलागि पहिले नै अपोइण्टमेण्ट लिएमा सजिलो हुनेछ ।

विहान ११ बजेदेखि  साँझ ५ बजेसम्म हुने रक्तदान कार्यक्रमका लागि अपोइन्टमेन्ट नलिएकापनि सहभागि हुन सक्नेछन । रक्तदान हुने स्थानको ठेगाना ७५–१५ उडसाइड एभिन्यु एल्महष्र्ट न्युयोर्क ११३७३ रहेको छ । रक्तदान कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भइसकेको समाजका अध्यक्ष पौडेलको दावी छ ।