एनआरएन विशेष

एनआरएनए निर्वाचन, उम्मेदवारको दोस्रो सुची सार्वजनकि

प्रकाशित |
अमेरिका- एनआरएनए एनसीसी अमेरिका निर्वाचन समितिले उम्मेदवारको दोस्रो चरणको सुची सार्वजनिक गरेको छ ।

तर, उक्त सुचीमा अध्यक्ष पदका उम्मेदवारको सूची भने सार्वजनिक गरिएको छैन । अध्यक्ष पदमा मनोनयन गरेका सुर्य लम्सालको उम्मेदवारी कायम गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्न बांकी रहेकाले अध्यक्षको सार्वजनिक नगरिएको हो ।

बिधान अनुसार लम्सालको उम्मेदवारी कायम गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा निर्वाचन समितिले संस्थाका वकिलसंग कानुनी परामर्श लिईरहेको छ। यो आए पनि संभवत शनिवार सांझ सम्म सार्वजनिक गरिने वताईएको छ ।

दोस्रो सुचीमा सकेसम्म मिलेजति सवैको उम्मेदवारी कायम गर्ने कोशिस गरिएको वताईएको छ । कागजात नपुगेका र रद्दको सुचीमा परेका केही उम्मेदवार पनि दोस्रो सुचीमा परेका छन् । तर, कुनै जवाफ नपठाउने झण्डै आधा दर्जन उम्मेदवारको भने सुचीमा नाम छैन ।

उम्मेदवारको प्रारम्भिक सूची हेर्न यहाँ थिच्नु होला I


- हिमालयखबर संवाददाता, न्युयोर्क

- हिमालयखबर संवाददाता, न्युयोर्क -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया