मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर, न्युयोर्क- 
किराँत याक्थुङ चुम्लुङ अमेरीकाको आठौं महाधिवेशनले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न महाधिवेशनबाट थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

आगामी २०२१–२३ को कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बु, उपाध्यक्षमा ममता सुब्बा लाबुङ, महासचिवमा सुर्य लिङदेन लिम्बु, सचिवमा दिपक थेबे लिम्बु कोषाध्यक्षमा पि के थक्लुङ लिम्ब, सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बोलाई चयन भएका छन । 
 
त्यसैगरी सदस्यहरुमा साबि लिङदेन लिम्ब, विमल चेम्जोङ लिम्ब, मणि लिबाङ लिम्ब, निर्मला कन्दङवा लिम्ब, बिवश माङमु लिम्ब, बान तुम्बाहाम्फे लिम्ब, सम्झना लाबुङ लिम्ब, जिवन खजुम लिम्बु, सोनु पयाङगु लिम्बु र कृष्ण फोम्बो लिम्बु र निलम जबेगु योङ्हाङ सर्बसहमतिमा निर्वाचित भएका छन् । बाँकी ३ जना कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ । 
सुमन थाम्सुहाङ

सुमन थाम्सुहाङ
कियाचुका निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनमा विभिन्न व्यक्तिहरुको उपश्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाहरुले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नयाँ पिंढीमा पुस्तान्तरण गर्दै लैजानुपर्नेमाजोड दिए । उनले याक्थुङ लाजेमाको पहिचान माथीको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।
 
कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाले बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । महाधिवेशनको उद्घाटन सत्रमा किराँत राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्वअध्यक्ष देवेन्द्र सम्बाम्फे र कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । 
 
त्यस्तै नवनिर्वाचित कार्यसमितिलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफैबाट गर्ने भन्दै पाँच हजार डलर सहयोगको घोषणा गरे । नेपाली अमेरीकन समुदायको रुपमा चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।