मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन, समस्या परेका उम्मेदवारले सच्चाउन सक्ने

एनआरएनए अमेरिका निर्वाचन, समस्या परेका उम्मेदवारले सच्चाउन सक्ने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएएनए एनसीसी अमेरिका निर्वाचन समितिले कागजात पुरा नगरेका  वा रद्द भएका उम्मेदवारलाई प्रकृया पुर्याउन मंगलवार सम्मको समय दिएको छ ।
 
एनआरएनए अमेरिकाले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सुचीमा २३ जनाको उम्मेदवारीमा त्रुटी देखिएको थियो ।
 
 हामीले यसरी समस्या हुने उम्मेदवारलाई जानकारी सहित इमेल गरेका छौं यदी सम्वन्धि उम्मेवारवाट कागजात प्राप्त भयो वा प्रकृया पुग्यो भने उम्मेदवारी कायम रहन्छ, निर्वाचन समितिका संयोजक विश्व बरालले भने । उम्मेदवारले अनलाइनवाट मनोनयन दर्ता गर्न सकिने वनाईएको थियो । एका दुई वाहेक अधिकांश उम्मेदवारी अनलाइन मार्फतनै दर्ता भएका थिए ।
 
केहीको कागजात नपुगेको, केहीको उम्मेदवार हुन नियमानुसार तिर्नु पर्ने रकम प्राप्त नभएको सिस्टममा नदेखिएको लगायतका समस्या थिए बरालले भने त्यसैले कैफियत देखिएको हो यो हाम्रो सिस्टममा आईनसकेको पनि हुन सक्छ त्यसैले मौका दिईएको हो ।
 
उम्मेदवारी दिएका तर, नाम नआएका कोही भए निर्वाचन समितिलाई सम्पर्क गर्न समेत बरालले आग्रह गरेका छन् ।
 
एनआरएनए अमेरिका, च्याप्टर र आईसीसी सदश्यका लागि झण्डै ४ सय ५० ले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारको प्रारम्भिक सुची आइतवार राती सार्वजनिक गरिएको थियो । मे को अन्तिम साता २ सय भन्दा वढी पदमा चुनाव हुदैं छ ।
 
उम्मेदवारवाट बाट एनआरएनए अमेरिकालाई करिव १ लाख ८० हजार अमेरिकी  डलर प्राप्त भएको वताईएको छ । विभिन्न पदका लागि २ हजार देखि २०० सम्म उम्मेदवारी शुल्क राखिएको थियो ।
 
सोमवार दिउसो सम्म कुनै पनि उम्मेदवार माथि दावी विरोध भने परेको छैन ।
 
सुर्य लम्सालको उम्मेदवारी कायम हुने :
सुर्य लम्साल

अध्यक्षपदका लागि धेरैलाई अचम्मित पार्दै उम्मेदवारी दिएका सुर्य (साल) लम्सालको  उम्मेदवारी कायम हुने भएको छ । अघिल्लो पटक अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका सुर्यले यस पटक विना चर्चा उम्मेदवारी दर्ता गराएका थिए  ।

 
गत बर्ष गैरकानुनी रुपमा सदस्य थपेर आफुलाई हराईएको भन्दै सुर्य लम्सालले अदालतमा मुद्दा दायर गरेका थिए । यो मुद्दाको फैसला हुन बांकी छ । एनआरएनए अमेरिकालाई विगतमा ४ वटा मुद्दा परेका थिए । तीन वटा मुद्दा संस्थाका पक्षमा फैसला भईसकेको छ । यो मुद्दाको भने टुंगो लाग्न बांकी छ ।
 
संस्थालाई मुद्दा दिने व्यक्ति उम्मेदवार हुन पाइन्छ कि पाइंदैन भन्ने विवाद छ । एनआरएएनएको विधानमा पनि मुद्दा मामिला संलग्न व्यक्तिले उम्मेदवारी दिन नपाउने उल्लेख छ । सुर्य लम्सालले उम्मेदवारी दिएपछि यस विषयमा विभिन्न प्रश्न उठेका थिए ।
 
मुद्दा हाल्ने व्यक्तिगत अधिकार हो फैसला जे पनि हुन सक्छ तर, यही आधारमा संस्थाका सदस्यलाई आफ्नो कानुनी अधिकार प्रयोग गर्न बन्देज लगाउन रोक्न मिल्दैन भन्ने तर्क बलियो रुपमा उठेको थियो ।
 
कुनै संस्थाको विद्यान भन्दा माथि पनि प्राकृत्तिक न्याय भन्ने हुन्छ भन्ने आधारमा सुर्यको उम्मेदवारी कायम हुने आधार तयार भएको थियो । कुनैपनि ऐन नियम देशको मुख्य  कानुन संविधानसंग वाझ्यो भने त्यो रद्द हुन्छ ।
 
निर्वाचन समितिमा कानुन विज्ञ बासु फुलरा पनि सदश्य छन् । निर्वाचन समितिका सवै सदस्य सुर्य लम्सालको उम्मेदवारी कायम हुनुपर्छ भन्ने सवालमा एक मत छन् । अध्यक्षमा सुर्य सहित पांच जनाको उम्मेदवारी परेको छ ।