मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सव

नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सव


टेक्सस (अमेरिका) । उत्तरी अमेरिका (अमेरिका र क्यानाडा) मा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज् (एएनए)ले अमेरिका-नेपालको कूटनीतिक सम्बन्धको ७५ वर्ष प्रवेश गरेको अवसर पारेर अप्रिल २५ तारिक साँझ विशेष कार्यक्रम गर्ने भएको छ । 
 
टेक्ससको स्थानीय समयअनुसार साँझ ६ बजे (पूर्वी समयअनुसार साँझ ७ र प्यासिफिक समयअनुसार अपरान्ह ४ बजे) नेपाल अमेरिका कूटनीतिक सम्बन्धका ७५ वर्ष र हाम्रा उपलब्धि विषयमा विशेष कार्यक्रम हुन लागेको एएनएका अध्यक्ष विजयराज भट्टराईले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 
 
कार्यक्रम नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा हुन लागेको हो । सो अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलिसीलगायतको सहभागिता रहनेसमेत जनाइएको छ ।  
 
त्यस अवसरमा अमेरिका तथा नेपाल दुवै पक्षका व्यक्तित्वहरुसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना हुने एएनएका महासचिव डा. चूडामणि खनालले बताए । 
 
कार्यक्रममा अमेरिका(नेपाल सम्बन्धमा विशेष जानकारी राख्ने व्यक्तित्वहरु डा. जीत जोशी,  डा. अनिल सिग्देल, डा. विद्या रञ्‍जित र डेभिड कप्रारा प्यानालिष्ट रहेका छन् । कार्यक्रमको सञ्चालन एएनए बोर्ड अफ ट्रष्टी डा. अम्बिकाप्रसाद अधिकारीबाट हुनेछ । भर्चुअल प्रविधिमार्फत आयोजित यस प्रकारको यो निकै ठूलो कार्यक्रम रहेकोसमेत भट्टराईले बताए । 
अमेरिका नेपालको कूटनीतिक सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा भएको थियो । अमेरिका बेलायतपछि नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको दोस्रो मुलुक हो ।  
 
नेपालले सन् १९५८ मा वासिङ्गटन डि.सी.मा आफ्नो दूतावासको स्थापना गरेको थियो भने अमेरिकाले सन् १९५९ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।