मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वराजा ज्ञानेन्द्र दम्पतीमा कोरोना संक्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्र दम्पतीमा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
 
भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । उनीहरुले भारतबाट फर्किना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।
 
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । शाह दम्पती संक्रमण पुष्टिपछि निर्मल निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् । 
 
पछिल्लो समय नेपालमा पनि कोरोनाको दोस्रो भेरियन्ट सुरु भएको छ । मंगलबार मात्रै एक हजार ६६९ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ११ जनाले ज्यान गुमाएका छन् ।