मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सङ्क्रमण रोक्न आदेश पालना गर्न स्वास्थ्यमन्त्रीको आग्रह

सङ्क्रमण रोक्न आदेश पालना गर्न स्वास्थ्यमन्त्रीको आग्रह


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । 
 
आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरेका छन् ।  
 
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । मन्त्री त्रिपाठीले कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताए । 
 
उनले आदेश पालना गरे मात्र कोभिड–१९ भाइरसलाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिए । 
 
“सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्”, उनले भने, “आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।” मन्त्री त्रिपाठीले कोभिड–१९ को सङ्क्रमणलाई हल्कारुपमा नलिन र हल्का ढङ्गले लिए सङ्क्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्नेसमेत बताए । 
 
उनले जनताको जीवन जोगाउनका लागि नै सरकारले आदेश जारी गरेको बताए । उनले सरकारको बन्दाबन्दी गर्ने कुनै चाहना नभएको पनि उल्लेख गरे । “बन्दाबन्दीले हाम्रो जीवनलाई कस्तो असर ग¥यो भन्ने कुरा हामीले विगतको अभ्यासबाट थाहा पाएका छौँ । हामी भरसक बन्दाबन्दी गर्ने पक्षमा छैनौँ”, उनले भने । 
 
सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पाँच हप्तादेखि सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । उनले सङ्क्रमणको नयाँ स्वरुप देखिएकाले सचेत रहनुपर्नेमा जोड दिए । आज मुलुकभर एक हजार ७३६ सङ्क्रमित फेला परेका छन् । रासस