मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अमेरिकावाट प्रतिनिधित्व गर्ने आईसीसी सदश्यको पनि सगैं निर्वाचन हुने

अमेरिकावाट प्रतिनिधित्व गर्ने आईसीसी सदश्यको पनि सगैं निर्वाचन हुने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकानआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए) अमेरिकामा नयां नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनसंगै अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने सदश्यका लागि पनि सगैं चुनाव हुने भएको छ । 
 
एनआरएनए आईसीसीले डेलिगेटको सुची निर्वाचन समितिलाई उपलव्ध गराईसकेकाले यस सम्वन्धि सुचना सार्वजनिक गर्न लागिएको निर्वाचन संयोजक विश्व बरालले जानकारी दिए । 
 
अव आधार तयार भयो, आईसीसी सदश्यका लागि पनि सगैं चुनाव हुन्छ बरालले भने । एनआरएनएको अन्तराष्ट्रिय सम्मेलनमा डेलिगेट भएका वा राष्ट्रिय समन्वय परिषदको कार्यसमितिमा भएका मात्र आईसीसीमा उम्मेदवार हुन पाउंछन् । 
 
निर्वाचन संयोजक बरालले चुनावमा विवाद आउंन नदिन आईसीसी अध्यक्ष कुमार पन्त र एनआरएनए अमेरिका अध्यक्ष सुनिल शाहसंग पनि सल्लाह गरिहेका छन् । तर, चुनाव आईसीसी र एनसीसीको विधान हेरेर नै गर्ने हो, यो प्राविधिक कुरा पनि हो केही व्यवहारिकता हुन्छन् बरालले भने यसै परिधिभित्र रहेर मैले सकेसम्म राय सल्लाह लिईरहेको छु । 
 
समय भित्रै चुनाव गर्न आईसीसीले पनि सल्लाह दिएको बरालले जानकारी दिए । 
 
एनआरएनए अमेरिकाको नेतृत्वका लागि मे महिनाको अन्तिममा निर्वाचन तोकिएको छ । निर्वाचन संयोजकको सुचनामा यस अघि आईसीसी सदश्यको लागि केही उल्लेख थिन । 
 
यस पटक एनआरएनए अमेरिका, यहांवाट प्रतिनिधित्व गर्ने आईसीसी सदश्य,  च्याप्टर गरेर दुई सय भन्दा वढी पदका लागि निर्वाचन हुदैं छ । एनआरएनए अमेरिकामा २० हजार भन्दा वढी मतदाता छन् । 
 
आईसीसीको नयां विद्यानमा केन्द्रिय डेलिगेटका लागि पनि निर्वाचन गर्ने उल्लेख छ । डेलिगेटका लागि पछि पनि निर्वाचन गर्न सकिने वताईएको छ । 
 
एनआरएनए अमेरिकाको निर्वाचनमा विभिन्न विवाद उठेका थिए । निर्वाचन संयोजक बरालले नवुझेर वा वझ्न नचाहेर विवाद निकालिएको वताए । निर्वाचन प्राविधिक कुरा पनि हो विद्यान अनुसार नै गर्नु पर्छ अनि निर्वाचन समितिसंग विवाद कहां हो त बरालले भने । 
 
 
२०९३ सदश्यमा विवाद छ भन्नु पनि वहियात 
 
२०९३ जना सदश्य विधान र प्रकृया विपरित राखिएको भन्ने विवाद पनि वहियात देखिएको छ । त्यस भित्र परेका कतिपय नाम प्रकृया अनुसार नै सदश्य वनेको देखिएका छन् । 
 
एनआरएनएए क्षेत्रिय संयोजक राजन त्रिपाठी संयोजक रहेको एउटा कमिटिले यी नामका वारेमा प्रश्न उठाएको थियो । त्यसमा हालका अध्यक्षका एक जना उम्मेदवार पनि सदश्य थिए ।
 
तर, यो कमितिले हचुवाका भरमा प्रतिवेदन दिएको वनाएको आरोप लागेको छ । केही सदश्यमा समस्या होला तर, २०९३ भित्र परेका कतिपय व्यक्तिको नाम प्रकृया अनुसार नै सदश्य वनेको देखिएका छन् । यस भित्र परेका केही नाम त नियमित रुपमा डेलिगेट भएर नेपाल गएका, आईसीसीको जिम्मेवार तहमा वसिकेको समेत छन् । 
 
करिव चार बर्ष अघि भेरिफिकेसन समिति बन्नु भन्दा पहिला सदश्य वनेका व्यक्ति त्रुटीबस उक्त सुचीमा परेको देखिएको छ । अघिल्लो भेरिफिकेसन समितिले हचुवाका भरमा काम गर्दा यसमा ध्यान नदिएकाले विवाद आएको सम्वन्धित पदाधिकारीले वताए । 
 
क्ष्ँेत्रिय संयोजक त्रिपाठीको त्रुटी पुर्ण प्रतिवेदन सच्चाउनु पर्ने त्यहां भित्र परेको केही सदश्यले माग गरेका छन् । 
 
एनआरएनए अमेरिका भित्रको सदश्यता विवाद सल्टाउन उपाध्यक्ष सोनाम  लामाको संयोजकत्वमा वनेको समितिको पनि कुनै अर्थ नराख्ने भएको छ । यो समितिले निर्वाचन प्रकृया अघि वढेको केही साता वितिसक्दा पनि केही काम समेत गरेको छैन । निर्वाचन समितिका एक सदश्यले यो समितिका वारेमा अहिलेसम्म आफुहरुलाई कुनै जानकारी पनि नभएको वताए ।