मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बङ्लादेशमा लकडाउनको म्याद फेरि थप

बङ्लादेशमा लकडाउनको म्याद फेरि थप


ढाका । बङ्लादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् । कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ ।  
 
बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिए । बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो ।  
 
लकडाउनसँगै भीडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्कन नपाइने, सामाजिक दुरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।
 
बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् । सिन्ह्वा