मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । 
 
यसमध्ये पिसिआर विधिबाट एक हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ६७३ पुगेको छ ।
 
कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४३५ जना छन् । तीमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौँमा ३२६ जना छन् । मन्त्रालयका अनुसार हाल देशभर छ हजार २९० जना सक्रिय सङ्क्रमित रहेका छन् । 
 
त्यस्तै संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेशनमा पाँच हजार ७१४ जना रहेका छन् । यस्तै देशभर ११६ जना आइसियु र ४६ जना सङ्क्रमित भेन्टिलेटरमा उपचारत छन् । 
 
गत २४ घन्टामा २६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३०० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् । 
 
त्यस्तै पछिल्लो २४ घन्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको छ । रासस