मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति


वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योसिहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
उनीहरूले स्थानीय समयअनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन् । सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुवै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पु¥याउन सहमति गरेको पुष्टि गरेका थिउ । 
 
बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’ को सामना गर्न दुवै पक्षले मिलेर काम गर्ने पनि बताएका छन् ।  
 
यसैबीच, जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुवै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताए ।  
 
ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार दुवै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने विषयमा पनि प्रतिबद्धता जनाएका छन् ।
 
यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेका छन् । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पु¥याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरेका छन् । सिन्हवा