मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जीपीके फाउण्डेसनद्वारा ३५ औं पटक खाद्यान्न वितरण

जीपीके फाउण्डेसनद्वारा ३५ औं पटक खाद्यान्न वितरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले ३५ औं पटक निःशुल्क खाद्यान्न वितरण सम्पन्न गरेको छ । फाउन्डेशनले न्युयोर्क र आसपासका नेपाली लगायत अन्य समुदाय लाभान्वित हुनेगरी ३५ औं पटक निःशुल्क खाद्यान्न वितरण गरेको हो ।

न्युयोर्कको  उडसाईड स्थित ६९ स्ट्रीटमा भएको खाद्यान्न वितरण कार्यक्रममका लागि क्विन्स टुगेदरका सह–संस्थापक जोनाथन फोरगासवाट दुई सय ७० बक्स खाद्यान्न प्राप्त भएको कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताए । खाद्यान्न वितरण कार्यक्रममा कार्यवाहक अध्यक्ष लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू प्रेम क्षेत्री अधिकारी, सुर्य सिंखडा, राजेश आचार्य र ध्रुव क्षेत्री कुँवर एवं विशाल वुढामगर स्वयंसेवकको रूपमा खटिएका थिए । 

फाउण्डेसनले अप्रिल महिनाभर क्विन्स हस्पिटल जमैकासँग सहकार्य गरी प्रत्येक शनिवार कोरोना विरूद्धको भ्याक्सिन उपलब्ध गराउदै आएको छ । भ्याक्सीन लगाउन चाहनेहरुले अप्रिल १७ र अप्रिल २४ सम्ममा यस फाउन्डेशनमा सम्पर्क गर्नपनि अनुरोध गरिएको छ ।