मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जब हराएकी ११ बर्षीया बालिकाले २२ बर्षीयलाई ब्वाई फ्रेण्ड भनिन

जब हराएकी ११ बर्षीया बालिकाले २२ बर्षीयलाई ब्वाई फ्रेण्ड भनिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको फ्लोरिडाकी ११ बर्षीया बालिका हराएको सूचना स्थानीय प्रहरीले जारी गर्यो । सबैतिर खोजी व्यापक भयो । अन्ततः बालिका सुरक्षित फेला परिन । तर हरएकी बालिकाले आफु हराएको नभै आफ्नो केटा साथीसंग भएको दावी गरेर सबैलाई अचम्ममा पारिन । ११ बर्षीयाले केटा साथी भनेका युवा २२ बर्षीय लुइस अल्बर्टो भएको प्रहरीले बताएको छ । अहिले प्रहरीले ती युवा माथी बाल यौन दुराचारको मुद्धा चलाउने प्लोरिडाको पास्को काउन्टीका प्रहरी प्रमुख क्रिस नाक्कोले प्रेस ब्रिफीङमा बताएका छन । 
 
नाक्कोका अनुसार हराएकी ११ बर्षीया बालिका २२ बर्षीय लुइससंग बस्नुपर्ने कुनै कारण नभएको र उनको बासस्थानमा छापा मार्दा कल्पना गर्न नसकिने अवस्था फेला परेको थियो । 
 
११ बर्षीया बालिका सानै देखि पारिवारिक तनावका विच हुर्कदै आएको प्रहरीले बताएको छ । उनका बाबु पहिले देखिनै उनीसंग थिएनन् भने आमा जेलमा छिन । बालिकाको सोचाइमा २२ बर्षीय लुइस उनका केटा साथी हुन तर तीनलाइ त्यसको मतलव र अर्थ थाहा नभएको र उनीमाथी लुइसले यौन दुराचार र हिंशा गरेको प्रहरीको दावी छ । 
 
सानैदेखि पारिवारीक विखण्डनमा पर्दै आएका कारण ती बालिकाले माया र हेरचाह नपाएकाले यो अवस्था आएको बताइएको छ । ११ बर्षीया ती बालिकाको नाम गोप्य राखिएको छ ।