मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

फाइजरको भ्याक्सिन तेस्रो डोजपनि लगाउनु पर्ने ?

फाइजरको भ्याक्सिन तेस्रो डोजपनि लगाउनु पर्ने ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस विरुद्धको पहिलो खोप फाइजर दोस्रो डोज लगाएको एक बर्ष भित्रमा अर्को डोजपनि लगाउनुपर्ने हुन सक्ने बताइएको छ । फाइजरका सीइओ अल्बर्ट बोरुलाका अनुसार फाइजरले विकास गरेको खोप दोस्रो चरण लगाइसकेपछि तेस्रो चरण कहिले लगाउने भन्ने बारे अनुसन्धान भइरहेको छ । 
 
उनका अनुसार दोस्रो डोजले कहिले सम्म प्रतिरोधात्मक क्षमता कायम राख्छ भन्ने यकिन भइनसकेको तर हरेक बर्ष जस्तो खोप लगाउनुपर्ने हुन सक्ने बताएका छन । 
 
सीभीएस हेल्थले आयोजना गरेको एक कार्यक्रममा सीइओ बोरुलाले सो अभिव्यक्ति दिएका हुन । फाइजरले यसै महिना जारी गरेको नयाँ तथ्यांक अनुसार दोस्रो डोजले कोरोना भाइरस बाट बचाउन ९१ प्रतिशत काम गरेको र गम्भीर बिरामी हुनबाट ९५ प्रतिशत जोगाएको दावी गरिएको थियो । त्यसैगरि कोरोना भाइरस विरुद्धको दोस्रो खोप मोर्डनालेपनि ६ महिना देखि एक बर्षभित्र अर्को डोज लगाउनुपर्ने बताएको थियो । 
 
मोर्डनाले अमेरिकी सरकारी निकाय एफडिएसंग खोप प्रयोगको पुर्ण अनुमतिको लागि आवेदन दिएको छ ।  सो प्रक्रिया केही लामो लाग्ने भएपनि यदि मान्यता पाएमा निजी कम्पनीहरुलाई मोर्डनाले खोप विक्री गर्न पाउनेछ ।