मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाइडेनले पनि पुटिनले जस्तै सम्वाद चाहेका छन् : क्रेमलिन

बाइडेनले पनि पुटिनले जस्तै सम्वाद चाहेका छन् : क्रेमलिन


मस्को । बाइडेनले रूस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रूसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ । 
 
अमेरिकी राष्ट्रपति बाइडेनले मंगलबार रूस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए । साथै, वासिङ्टन र मस्कोबीच तनाव अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।  
 
क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, “रूसी राष्ट्रपति पुटिनले सम्बन्ध निर्माणको लागि यो समय उत्कृष्ट रहेको र यो समय अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने र सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ ।”
 
“उहाँले बारम्बार भन्नुभएको छ हामी हाम्रा समकक्षीसँग वार्तालाप गरी सम्बन्ध विकास गर्न तयार छौँ,” क्रेमलिन प्रवक्ताले भने । “विवाद समाधान कम गर्ने सम्बन्धमा ‘राम्रो’ कुरा यो हो कि दुई मुलुकका नेताहरूको दृष्टिकोण मेल खाएको छ ।”
 
फिनल्याण्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलकोे लागि प्रस्ताव गरिसक्नुभए पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उनले बताए ।  
 
तनाव कम गर्ने आह्वानको बाबजुद वासिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ । उनले भने, “प्रतिबन्धको बाटो रूसका लागि अस्वीकार्य रहेको छ ।”
 
निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिबद्धता गरेका थिए । एएफपी