मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन


वासिङ्टन । अमेरिकाले बिहीबार रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गरेको छ । 
 
अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।
 
राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिविधिमार्फत् रणनीतिक तथा आर्थिक गतिविधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको ह्वाइट हाउसले बताएको छ । एएफपी