मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन बिधान अनुसार

एनआरएनए अमेरिका निर्वाचन बिधान अनुसार

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिका- एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए) अमेरिकामा नयां नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन कार्यक्रम संस्थाको विद्यान अनुसार नै सार्वजनिक गरिएको निर्वाचन संयोजक विश्वनाथ बरालले वताएका छन् । 
 
संस्थाको बिधानमा उल्लेखित प्रावधान र कार्यसमितिले दिएको निर्णय अनुसार नै निर्वाचन समितिले चुनाव गर्ने हो बरालले भने कसले वाहिर के भन्यो फेसवुकमा के लेखेको छ त्यसको कुनै अर्थ हुदैंन । 
 
एनआरएनए अमेरिकाको नयां नेतृत्वका लागि मेको अन्तिम साता निर्वाचन हुने कार्यक्रम छ । यस अनुसार मतदाताको नाम प्रकाशित गरिएको छ । यसमा करिव २० हजार छन् । 
 
एनआरएनए अमेरिकावाट मलाई अहिले सम्म औपचारिक रुपमा प्राप्त बिधानको व्यवस्था अनुसार नै निर्वाचन तालिकका प्रकाशित भएको हो बरालले भने यसै अनुसार चुनावप्रकृया पनि अघि वढिरहेको छ यो रोकिदैंन । 
 
केही आवश्यक संशोधन छन् भने पनि प्रकृया अनुसार समयमा आउनु पर्ने उनले वताए । 
 
अहिले सार्वजनिक चुनाव प्रकृयाका वारेमा केहीले असहमती पनि व्यक्त गरेका छन् । एनआरएनएको बिधान अनुसार भयो भएन भन्ने विवाद पनि छ । तर, निर्वाचन संयोजक बरालले जे बिधानको व्यवस्था छ, निर्वाचन समितिलाई जे जिम्मेवारी दिईएको छ त्यही अनुसारनै काम गरेको वताए ।
 
संस्थालाई औपचारिक रुपमा जे प्राप्त भएको छ त्यही अनुसार चुनाव गर्ने त हो उनले भने ।