मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोना संक्रमण बढे पनि लकडाउन गर्ने सोच छैन : प्रधानमन्त्री

कोरोना संक्रमण बढे पनि लकडाउन गर्ने सोच छैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विश्वका कतिपय राष्ट्रहरूमा कोभिडको महामारी बढी फैलिएपछि बन्दाबन्दी गरिए पनि नेपालमा अहिलेकै अवस्थामा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको बताएका छन् । 
 
उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै नेपाली जनताको सुरक्षाका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । 
 
विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड–१९ को सामना गर्नुपरेको तर्क गर्दै उनले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताए ।  
 
प्रधानमन्त्री ओलीले भने, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपु¥याइयोस् भनेर सरकारले काम गरिरहेको छ ।” 
 
उनले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे । विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपलब्धिको वर्ष रहेको बताए ।
 
प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेज्न कर्पोरेसन (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता भएकोमा वर्तमान सरकारले संसद्मा टेबल गरेको विषयलाई गलत प्रचार गरिएको बताए । उनले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताए ।