मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल


काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । 
 
अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा  नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।  
 
“पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नुपर्छ”, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिस्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उनको भनाइ थियो । 
 
भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।