मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सीटी काउन्सीलको उमेदवार चेनको समर्थनमा न्युयोर्कका नेपालीहरुले विशेष कार्यक्रम गर्दै

सीटी काउन्सीलको उमेदवार चेनको समर्थनमा न्युयोर्कका नेपालीहरुले विशेष कार्यक्रम गर्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – न्युयोर्कको सिटी काउन्सील अन्तर्गत २५ डिष्ट्रकका उमेदवार यी एण्डी चेनको समर्थनमा नेपाली समुदायले विशेष कार्यक्रम गर्ने भएको छ । अप्रिल ११ आइतबारका दिन क्वीन्स स्थित ज्याक्सन हाइट्सको डाइभर्सीटी प्लाजामा नेपाली समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम सहित उमेदवार चेनको समर्थनलाई प्रभावकारी गराइने आयोजकका तर्फबाट अभियन्ता केशवराम राइले जनाएका छन । 
 
सो कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमका साथै नेपाली संघ संस्थाका प्रतिनिधिहरुकोपनि उपश्थिती रहने जनाइएको छ । उमेदवार चेनले नेपाली समुदायका हरेक कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । चेनले नेपाली समुदायका खाद्यान्न वितरण, सरसफाइ जस्ता कार्यक्रमहरुमा पनि आफ्ना सहभागिता जनाउदै आएका छन ।
 
नेपाली समुदायले समर्थन गरेका ३२ बर्षीय एण्डी चीनीयाँ मुलका अमेरिकी हुन । उनको अभियानलाई सघाउनको लागि नेपाली समुदायउले न्युयोर्कको ज्याक्सन हाइट्समा कार्यालय खोलेका छन । एण्डीको क्याम्पेन म्यानेजर नेपाली दिपेन्द्र लामा रहेका छन भने नेप्लीज अमेरिकन पब्लिक रिलेशन डिपार्टमेन्ट कोर्डिनेटर केशवराम राइ रहेका छन ।