मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने ठोकुवा गरे ।  
 
वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उनले  गण्डकी प्रदेश सरकार पनि बलियो रहेको जिकिर गरे ।
 
मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्त्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरेको बताए । मुख्यमन्त्री गुरुङले भने, “समृद्धिका लागि जग बसालेका छौँ । थप नतिजा छिट्टै देखिन्छ ।”   
 
उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।