मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्सास अस्टिनमा गोलीवाट एक नेपालीको मृत्यु

टेक्सास अस्टिनमा गोलीवाट एक नेपालीको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- टेक्सस अस्टिनमा एक जना नेपालीको गोली लागेर मृत्यु भएको छ । स्थानिय नेपााली समुदायका अनुसार पोखरा घरभई उत्तर पश्चिम अस्टिन क्षेत्रमा बसोबास गर्दै आएका रमेश थापाको मंगलवार मध्येरातमा गाली लागेर मृत्यु भएको हो ।

सांझको काम सकेर घर जांदै गर्दा उनलाई गोली हानिएको प्रहरीले जनाएको छ । स्थानिय प्रहरीले हत्याराको खोजी भईरहेको जनाएको छ ।

राती करिव साढे १२ बजे थापा ग्यांस स्टेशनको काम सकेर घर आएका थिए । त्यही वेला उनी माथि गोली प्रहार भएको थियो । उद्धारका लागि त्यहां पुगेको प्रहरीले उनलाई बचाउने कोशिस  गरेको थियो । तर, उनको मृत्यु घटनास्थलमै भएको जनाईएको छ ।

प्रहरीले यो घटना लगत्तै दिएको जानकारी अनुसार हत्याराका वारेमा केही सुराक मिलेको छ । तर, हत्याको कारण के थियो यसवारेमा अध्ययन भईरहेको जनाएको छ ।

यसवारेमा कुनै जानकारी भए स्थानिय प्रहरीलाई खवर गर्न अनुरोध गरिएको छ । अस्टिन टेक्ससको सदरमुकाम हो । यहां थुप्रै नेपाली वस्दै आएका छन् ।