मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना सहआयोजक भएको र्यालीमा हजारौंको उपस्थिति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना सहआयोजक भएको र्यालीमा हजारौंको उपस्थिति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर, न्युयोर्क– एशियाली मुलका मानिसहरुमाथी भइरहेको आक्रमण र विभेदका विरुद्ध न्युयोर्कमा आयोजना भएको कार्यक्रममा हजार्रौंले प्रदर्शन गरेका छन । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्ना सहआयोजक रहेको सो र्यालीलाई स्टप एशियन हेट नारा दिइएको थियो । 
 
कोलियसन अफ एशियन अमेरिकन फर सिभिल राइट्स प्रमुख आयोजक रहेको सो र्यालीमा नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट अध्यक्ष लोक चेम्जोङ, अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, फिप्नाका सल्लाहकार भरत लामा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे , एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु राना, फिफ्नाका महासचिव नरेन्द्र थापा, कोषाध्यक्ष छोन्जोम लामा, सचिव टोमा लामा, सदस्य सोनाम गेल्बु शेर्पा, स्थानिय निकाय विभागका सदस्य सचिव दिपेन्द्र लामाको उपश्थिती रहेको थियो ।
त्यसैगरी र्यालीमा मुगुम अर्गनाईजेशनका अध्यक्ष आङगेल लामा, निवर्तमान अध्यक्ष पेमा लामा, तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थाम्सुहाङ, कोषाध्यक्ष सरोज थाङदेन, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष छेमाङ तामाङ, शेर्पा संघ अमेरीकाका अध्यक्ष आङजंबु शेर्पा , फिफ्नाका पूर्व महासचिव प्रेम गुरूङ तथा एनआएरएनकी अभियन्ता राज्य कर्मचार्य श्रेष्ठ र एनआरएन न्यूयोर्क च्याप्टर युथ कोर्डिनेटर विजय गुरूङ लगायतको उपश्थिती रहेको फिप्नाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन । 

अप्रिल ४ तारिखका दिन म्यानहाटनको फ्लोरी स्क्वार बाट ब्रुकलिन पुल हुदै क्याटमन प्लाजा सम्म जुलुस सहित प्रदर्शन भएको थियो । 
 
त्यसैगरि फिप्नाले आइतबारनै न्युयोर्कमा निशुल्क खाद्यान्न वितरणपनि गरेको छ । खाद्यान्न वितरण हरेक आइतबार गरिने जनाइएको छ । फिप्नाकै पहलमा बिना अपोइन्टमेन्ट काभिड १९ को खोपको पनि व्यवस्थागरिने भएको छ । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप अपोइन्टमेन्ट बिना लगाइने जसको लागि पहिला आउनेलाई प्राथमिकतामा राखिने फिप्नाले जनाएको छ ।